प्युठान,जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल कहलिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएका भण्डारीलाई ६९ औं प्रहरी दिवसको अवसरमा सर्वोत्कृष्ट पुरस्कारले सम्मानित गरिएको हो।
छोटो समयमा उनले जघन्य प्रकृतिका अपराधिक घटना सफल अनुसन्धान गरेको,आफूलाई दिइएको जिम्मेवारी इमान्दार,अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता,आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई" यस वर्षको सर्वोत्कृष्ट प्रहरी"घोषित गरेको हो।
आज प्रहरी प्रधान कार्यालयमा भएको एक भब्य कार्यक्रमका बीच भण्डारीलाई अभिलेखमा लेखिने गरी सर्वोत्कृष्ट प्रहरी घोषितसहित पुरस्कृत गरेको हो।भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक(आईजीपी)बसन्तबहादुर कुँबरले सम्मान गरेका हुन् ।
प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन धर्मराज भण्डारी।
कमाण्ड,कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका भण्डारी जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन्।भण्डारी अपराध नियन्त्रण,अनुसन्धानमा अब्बल दरिएका छन्।अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने तथा द्धन्द्ध व्यवस्थापनको सवालमा उनको भूमिका निक्कै महत्वपूर्ण छ।उनी आर्थिकदेखि लिएर कुनै पनि विवादमा मुछिएनन्।समाजमा भएका विभिन्न अपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुँगोमा पुर्याएको डिएसपी भण्डारीमा लामो अनुभव छ।
‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ,अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्य विवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ’,यी सबै विषयमा डीएसपी भण्डारी सर्वोकृष्ट घोषित भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ।यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो।
विभागीय मुल्य–मान्यता,आदेश–निर्देशनको पालना गरी व्यावसायिक,लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको कारणले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया राख्नुहोस्