दाङ । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले गतबर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाएका आफ्ना विद्यार्थी तथा शिक्षकको सम्मmना गरेको छ ।त्यस अबसरमा विद्यालयले शिक्षालयले शोकसभा सम्पन्न गरेको छ ।गतबर्षको पुष ६ गते शिक्षालयमा बनबिज्ञान बिषय अध्ययनरत बिद्यार्थीहरु प्राक्टिकल कक्षाका लागि सल्यानको कपुरकोटमा रहेको बोटानिकल गार्डेनमा गएर अवलोकन गरि फर्कने क्रममा सल्यान र दाङको सिमानामा पर्ने राम्रीमा भएको वारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका थिए ।उक्त गाडी दुर्घटनामा परी शिक्षालयका १९ जना बिद्यार्थी २ जना शिक्षक, सवारी चालक र सहचालकको ज्यान गुमाएका थिए ।
दुर्घटनामा परि ज्यान गुमाएका बिद्यार्थीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रमामा बोल्दै शिक्षालय प्रमुख यादव सुवेदीले शिक्षालयले आफ्नो स्थापनाको बर्षमै यस्तो खालको अकल्पनीय दुर्घटनाले शिक्षालय परिवारलाई निकै विक्षिप्त तुल्याएको बताउनु भयो । नेपाल सरकार, तथा विभिन्न संघ संस्थाहरुले समेत आफुलाइ आवश्यक सहयोग तथा सल्लाह सुझाव दिएकाले दुखको घडीमा सहयोक तथा सुभेच्छा प्रदान गर्ने सबैलाई धन्यवाद दिदै शिक्षालय प्रमुख सुवेदीले दुर्घटनामा ज्यान गुमाउने विद्यार्थी तथा शिक्षकको घरको सदस्यहरुलाई बिशेष कोटामा अध्ययन गराउने बताउँने वताउँनुभयो ।।साथै शिक्षालयको नवनिर्मित भवनमा नजिकै प्रांगणमा मृतकको प्रतिमा समेत राखिने प्रमुख सुवेदीको भनाइ छ शिक्षालय प्रांगणमा आयोजना गरिएको शोक सभा कार्यक्रमको सहजीकरण शिक्षालयका कोर्डिनेटर केशरमान बुढाथोकीले गरेका थिए । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले पाँच नम्बर प्रदेशकै नमुना शिक्षालय बनाउने योजना लिएको यस शिक्षालयमा हाल बनबिज्ञान, बालि बिज्ञान, होटेल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, आर्किटेक्ट इन्जिनियरिङ र फार्मेसी बिषयमा अध्ययन अध्यापन भइरहेको छ
प्रतिक्रिया राख्नुहोस्