राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ५ स्थित शिद्धभुमी प्राथमिक विद्यालयमाका साना साना बालबालिका खुसीले फुरुङ्ग हुँदै विद्यालयको चौर वरपर घुमिरहेका थिए ।
अनुहारमा खुसी शरीरमा फुर्ती कोही झोला हल्लाइ रहेका त कोही कपि पेन्सिल टोपी छोपेर हाँसिरहेका त कोही एक अर्काको कपडा हातले सुम्सुमाइरहेका।
शिद्धभुमी प्राथमिक विद्यालय ढाडछापमा अध्ययनरत विध्यार्थीहरुले यो जाडो सिजनमा न्यानो कपडा र स्कुलको ड्रेस पाएपछि देखिएको दृश्य थियो यो ।
उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले न्यानो माया अभियान मार्फत विभिन्न दातालाई सहयोग गर्न आग्रह गर्दै जम्मा हुन आएको रकम बाट ट्रयाक सेट,टिसर्ट,टोपी,कापी,पेन्सिल उपलब्ध गरिएपछि विद्यार्थीहरू खुसी देखिएका हुन।
विद्यार्थी मात्र होइन आफ्ना छोरा छोरीले यो चिसो सिजनको बेला न्यानो कपडा ट्र्याक सुट पाएपछि अविभावकहरु पनि खुसी भएका छन्।
न्यानो माया अभियान संयोजक र उक्त संस्था को सदस्य खनालका अनुसार प्यूठान नगरपालिका वडा नम्वर ५ स्थित उक्त प्राविका ५३ जना विद्यार्थीलाई ट्रयाक सेट,टिसर्ट,टोपी,कापी,पेन्सिल वितरण गरिएको छ।
चिसो मौसममा न्यानो कपडाको अभावले र स्कुल ड्रेस नहुँदा बालबालिकाको मनोवैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस् र कपडा कै कारण विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताबाट ६६ हजार ७५२ रुपियाँ संकलन भएको र उक्त रकमबाट सामाग्री वितरण गरिएको खनालले बताए।
ग्रामीण भेगका बासिन्दाको आर्थिक अवस्था नाजुक छ।सामान्य कपडा,कापी कलम सम्म किन्न सक्ने क्षमता छैन,आफ्ना छोरा छोरीलाई कपडा,कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गरेको पाइन्छ यस्ता कमजोर अभिभावकको पिडामा मलम लगाउन स्वेच्छिक रुपमा सहयोग गर्नुहुने सहयोगी दातालाई धन्यवाद दिए।
त्यस्तै बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष पिपला पुन मगर ले चिसो बढि रहेको बेला स–साना विद्यार्थीहरुको लागि गरेको प्रति धन्यवाद ज्ञापन गरिन। उनले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा राज्यबाट भन्दा पनि नीजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताइन ।उनले विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाईमा मनोबल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढन आउन जान मद्दत पुग्ने उनको भनाई छ।
नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले ज्याकेट, ट्र्याक सुट,कपि,पेन्सिल टोपी दियो।बाहिर अत्याधिक हावा चल्छ स्कुलमा कोठा भित्र दिन भर बस्दा चिसोले आङै काम्थ्यो कति खेर सर जालान् र घाम ताप्न बाहिर जाउला हुन्थ्यो अब तातो हुने भयो बाक्ला लुगा पाइहाल्यौ प्राबिमा अध्ययनरत रितु पुन मगर बताउँछिन्।
नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले विगत लामो समय देखि जिल्लामा स्वास्थ्य,शिक्षा, पुनर्निर्माण,राहत,उपचार क्षेत्रमा काम गर्दै आएको छ यसबाट गरिब,निमुखा,पिडित र महिला प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्