नेकपा एमाले माण्डवी गाउँपालिका अधिबेशन : अबको कमान्ड समाल्ने जिम्मा अधिकारीलाई

नेकपा एमाले माण्डवी गाउँपालिका अधिबेशन : अबको कमान्ड समाल्ने जिम्मा अधिकारीलाई

प्यूठान,नेकपा (एमाले) माण्डवी गाउँपालिका कमिटीको अध्यक्षमा हेमराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ।आज सम्पन्न दोस्रो अधिवेशनबाट हेमराज अधिकारीको नेतृत्वमा ४५ सदस्यीय कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्ष सरिता थापा,सचिव धनेन्द्र कार्कि, उप–सचिव शरद बस्नेत र केशरा खत्री रहनुभएको छ।पालिका अधिवेशनको पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले उद्घाटन गर्नुभएको हो ।