माघी महोत्सव 

दाङ । दाङमा माघी महोत्सब हुने भएको छ ।थारू कल्याणकारीणी सभा  पुस २५ र २६ गते घोराहीमा माघी महोत्सव गर्ने निर्णय गरेको हो।महोत्सबका अबसरमा मघौटा नाच, बर्का नाचसङ्गै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने थारू कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो ।महोत्सवमा थारु जातिका विभिन्न मौलिक खानपनीको  थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत रहने थारू कल्याणकारीणी सभा सचिब प्रकाश चौधरीले जानकारी दिनुभयो ।महोत्सवमा थारू समुदायबाट गत वर्ष सीईईको नतिजामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई सम्मान पनि गरिने सचिव चौधरीले जानकारी दिए।