बिध्यार्थी खोज्दै गाउँ-गाउँमा शिक्षक 

राम बहादुर बिश्वकर्मा
प्युठान,अझै पनि कोरोना संक्रमणको जोखिम जिउँका  तिउँ छ। तसर्थ बिध्यालय खुलेका छैनन्,जिल्लाको शैक्षिक गतिविधि ठप्प छ।

बन्दाबन्दी शुरु भएर बिध्यालय बन्द भए लगत्तै शहरी क्षेत्रका बिध्यालयहरुले अनलाइन कक्षा पनि सन्चालन पनि गरे । अनलाइन शिक्षण शहरका बिध्यार्थिका लागि मात्रै जस्तो भयो ।ग्रामिण भेगमा त्यति प्रभावकारी बनेन बिध्यार्थिको हातमा न मोबाइल थियो न ईन्टरनेट नै थियो त केबल अभिभाबकमा तनाव ।
पछिल्लो समय भने जिल्लाका केही सामुदायिक बिध्यालयले गाउँ गाउँमा पुगेर बिध्यार्थिलाई सहजीकरण गर्न पनि थालेका छन। कोरोनाकै जोखिम रहेकै बेलामा शिक्षकहरु बिध्यार्थिलाई पाएक पर्ने गाउँ टोलमा पुगेर सहजीकरण गर्न थालेका पाइन्छ।यस्तै बिध्यालय तत्कालै खुल्ने अबस्था नरहेपछि प्युठान नगरपालिका–९ स्थित बाल बिध्या माविका शिक्षकहरु पनि एक सातादेखि आफ्ना बिध्यार्थी भएको गाउँमा विद्यार्थीको खोजी गर्दै गाउँमा पुग्न थालेका  छन् ।
बिध्यार्थिको सिकाईलाई निरन्तरता दिनलाई यस्तो अभियान थालिएको बिध्यालयका प्र अ केशु गिरीले बताउनुभयो ।

प्युठान नगरपालिका वडा नम्बर ९ र १० सहित झिमरुक,मल्लरानि गाउँपालिका आसपास समुदायका बालबालिका अध्ययन गर्ने एक मात्र सो विद्यालयमा साउनको दोस्रो साता सकिँदा छुटपुट बिध्यार्थिका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।

तस्बिर :लकडाउनका कारण लामो समय देखि बिध्यालय नगएका बालबालिका शिक्षक समुदायमा पुगे सङ्गै खुशी हुँदै प्युठान नगरपालिका ९ मरन्ठाना ,मरेङ्गका बालबालिका 

 

सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु गर्ने भनेको थियो । बाल बिध्या माविमा २०७७ को मा ५ सय ३ विद्यार्थी भर्ना भएका  थिए । २०७८ असार महिनाभरि विद्यार्थी भर्ना गरी पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको विद्यालयले सोचेअनुरुप हुन नसकेको विद्यालयका प्रधानाध्यापक केशु गिरीले बताउनुभयो ।

सरकारले भदौदेखि शैक्षिक क्रियाकलाप संचालन गर्ने तयारी थालेको छ तर कोरोनाको संक्रमण दर न्यून नहुदा सम्म शैक्षिक सस्था सन्चालनमा हतारो गर्न नहुने धारणा व्यक्त गर्नुहुन्छ। गिरी

करिब २ महिनाको अवधिमा ५ सय ३२ विद्यार्थी मात्र सम्पर्कमा आएकाले आफूहरु चिन्तित भएर भर्ना अभियान लिएर गाउँमा गएका छौँ,कोरोना महामारीमा विद्यालय नपुगेसम्म अध्ययन/अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।
भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव भएको उल्लेख गर्दै केही उपाय लगाएर अध्ययन–अध्यापन गराउन समयमा नै भर्ना गराउन आफूहरु लागिपरेको उहाँको भनाई छ।

घरदैलो अभियानमा संकलन गरिएको तथ्यांक अनुसार अन्य विकल्प खोजी गर्ने तयारी भइरहेको छ,असार महिनाभर विद्यार्थी भर्ना अभियान चलाए पनि केही विद्यार्थी भर्ना हुन नआएपछि शिक्षकले घरदैलो अभियान शुरु गरेको उहाँले भन्नुभयो।- ‘हाम्रो विद्यालयमा विभिन्न पालिकाका विपन्न समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण पनि हामी आफैं उनीहरुलाई विद्यालय ल्याउने कार्यमा सजग छौं ।’सहरका कतिपय बालाबालिका उच्च गुणस्तरको ईन्टरनेटको पहुँचमा छन भने कतिपय ग्रामीण बस्तिका बालबालिका सामान्य रेडियो सम्म देख्न सकिरहेका छैनन् यस्तो परिस्थितिका माझ अन्लाईन शिक्षणको सवाल सतहमा आउनु स्वभाभिक भयपनी उपयोगिताको दृस्ठिले यो त्यती फल्दाइ देखिदैन ।विद्यालयका शिक्षक पदम पौडेलले भन्नुभयो।-‘अहिले घरदैलो अभियानमा ब्यस्त छौ,‘सामाजिक दूरी कायम गरी समुदायमै बोलाउँछौ,‘गाउँका विद्यार्थी खोज्दै घरमै जान्छौ"बिध्यार्थी बिध्यालय आएर पाठ्यपुस्तक लिएमा मात्र उनीहरुलाई वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलापमा जोड्न सहजता हुनेछ ।"

कोरोना भाइरसका कारण लामो समय विद्यालयको पहुँच बाहिर रहेका  विद्यार्थीलाई  असार महिनाको १२ गतेदेखि पाठ्य पुस्तक, स्वअध्ययन सामाग्री वितरण गरी निरन्तर विद्यार्थीको पहुँचमा रहेर शिक्षण सिकाईमा समेत जुटेको उहाँले बताउनुभयो।
 
विद्यार्थीहरु अझै विद्यालय जान नपाएको अवस्थामा पढाईको स्तर खस्कने, पढाईमा रुची घट्न सक्ने जोखिमलाई मध्यनजर गरी पुनः शिक्षकले समूह बनाएर बिध्यालय सेवा क्षेत्र भित्रका विभिन्न बस्तीमा पुगेर सिकाईमा प्रोत्साहन दिनुपर्ने शिक्षक पौडेलको भनाई  छ।यता लामो समय विद्यालय बन्द हुँदा छोराछोरीको पढाइ कमजोर हुने भन्दै चिन्तित अभिभावक समेत घरदैलोमै शिक्षक उपस्थित भएपछि अभिभावक उत्साहित भएका छन्। ‘छोरीसँगै  शिक्षक आएको ठाउँमा म पनि पुगे,‘यस्तो जोखिममा पनि शिक्षक घरदैलोमै आउने गर्नुभएको छ’ मरेङ्ग निबासी खिमा जि एम ले भन्नुभयो। अभिभावक र विद्यार्थीलाई आवश्यकता परेको अवस्थामा सिधै सम्पर्क गर्न मिल्ने गरी सबै विषयका शिक्षकहरुको सम्पर्क नम्बर उपलब्ध गराइएको छ। 
जिल्लाका अन्य सामुदायिक विद्यालयले समेत विद्यालय बन्द भएपछि विभिन्न माध्यमबाट अभियान सञ्चालन गरिरहेका छन्।

बिध्यार्थी पनि शिक्षक गाउँमै आइपुग्दा पढ्नलाई आतुर देखिन्छन् ।धेरै लामो समय बिध्यालय नआएको भएर होला पढ्नलाई आतुर भएको पाइएको छ।