मेड्पा तालिम र १४ वर्षको विदेश अनुभवले खोल्यो बिष्टको उद्यमको ढोका

मेड्पा तालिम र १४ वर्षको विदेश अनुभवले खोल्यो बिष्टको उद्यमको ढोका

राम बहादुर बिश्वकर्मा
प्युठान,विदेशमा बिताएका १४ वर्षको अनुभव र प्युठान नगरपालिकाको मेड्पा तालिमले युवा उद्यमी बिष्टलाई स्वदेशमै सफल व्यवसायी बनाएको छ।अहिले प्युठान नगरपालिका–३ का बिष्ट आफ्नै ‘बिष्ट मिठाई पसल’ सञ्चालन गर्दै गाउँका युवाहरूका लागि रोजगारीका अवसर पनि सिर्जना गर्दैछन्।

वि.सं. २०७९ मा प्युठान नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत ७ दिने उद्यमशीलता विकास तालिमले उनलाई व्यवसाय सञ्चालन,नाफा–घाटा विश्लेषण,व्यावसायिक योजना निर्माण,बजार व्यवस्थापन र उत्पादन गुणस्तर सुधार जस्ता महत्वपूर्ण व्यावहारिक सीपहरू दिएको थियो।बिष्ट भन्छन्,"७ दिनको उद्यममशिलता विकास तालिमले मेरो आँखै खोलिदियो।यसले मलाई मेरो उद्यमको सम्भावना,चुनौती र सफलताको मार्ग स्पष्ट रूपमा देखायो।विदेशमा सिकेका सीपलाई स्वदेशमा कसरी प्रभावकारी बनाउने भन्ने आत्मविश्वास यहीँबाट पाएको थिएँ।"


विदेशमा बिताएका दिनहरू सजिला थिएनन्।घरपरिवारबाट टाढा रहँदा सपना पूरा गर्ने संघर्षले उनलाई कहिलेकाहीँ थकित र हतोत्साहित बनायो। तर कडा परिश्रम,अनुशासन र नयाँ सोचले ती चुनौतीहरूलाई अनुभव र सीपमा परिणत गर्‍यो।स्वदेश फर्केपछि धेरैले उनलाई पुनःविदेशै फर्कन सुझाए। तर बिष्टले आफ्नो बाटो रोजे  स्वदेशमै केही गर्ने र आफ्नै समुदायको विकासमा योगदान पुर्‍याउने।सुरुका दिनहरूमा लगानीको कमी,बजारको अनिश्चितता र अनुभवलाई व्यवहारमा उतार्ने कठिनाइले उनलाई निराश बनाउने प्रयास गरे।तर दृढ इच्छाशक्ति र तालिमले सिकाएको आत्मविश्वासले उनलाई अघि बढायो।
वि.सं. २०७९ मा प्युठान नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत ७ दिने उद्यमशीलता विकास तालिमले उनलाई व्यवसाय सञ्चालन,नाफा–घाटा विश्लेषण,व्यावसायिक योजना निर्माण,बजार व्यवस्थापन र उत्पादन गुणस्तर सुधार जस्ता महत्वपूर्ण व्यावहारिक सीपहरू दिएको थियो।बिष्ट भन्छन्,"७ दिनको तालिमले मेरो आँखै खोलिदियो।यसले मलाई मेरो उद्यमको सम्भावना,चुनौती र सफलताको मार्ग स्पष्ट रूपमा देखायो।विदेशमा सिकेका सीपलाई स्वदेशमा कसरी प्रभावकारी बनाउने भन्ने आत्मविश्वास यहीँबाट पाएको थिएँ।"सानो लगानीबाट सुरु भएको बिष्ट मिठाई पसल अहिले गुणस्तरीय उत्पादन,ग्राहकको विश्वास र मेहनतको कारण सफल भएको छ।

    यी हुन संघर्षिल लघु उद्यमि विक्रम बिष्ट

हाल मासिक करिब ६ लाख रुपैयाँ कारोबार हुँदैछ र ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।बिष्ट भन्छन्।"विदेशमा कमाएको पैसा सकिन्छ,तर सिकेको सीप कहिल्यै सकिँदैन। त्यसलाई स्वदेशमा प्रयोग गर्दा सफलता सम्भव हुन्छ।"
प्युठान नगरपालिकाका उद्यम विकास सहजकर्ता शारदा बिश्वकर्मा भन्छिन्।"बिष्टको जोश र प्रतिबद्धता साँच्चिकै प्रेरणादायी छ।सही मार्गदर्शन,आवश्यक सीप र दृढ इच्छाशक्ति भएमा युवा उद्यमी स्वदेशमै सफल हुन सक्छन्। यसले अन्य युवालाई पनि आफ्नो क्षेत्रमा अवसर खोजेर उद्यम सुरु गर्न प्रेरणा दिनेछ।"तालिममा धेरै उत्सुकता देखाउँदै उद्यम सञ्चालन गर्ने दृढ इच्छा शक्ति भएका बिष्टको प्रगति देख्दा प्युठान नगरपालिकाकी उद्यम विकास सहजकर्ता शारदा बिश्वकर्मा अत्यन्तै खुशी व्यक्त गर्छिन्। उनी भन्छिन्,“उद्यममा सफलता पाउन मुख्य कुरा सीप हो र सीप भएका व्यक्ति कहिल्यै निराश हुँदैनन्। बिष्टले देखाएको जोश र प्रतिबद्धता साँच्चिकै प्रेरणादायी छ। उनले सानो अवसरलाई पनि सदुपयोग गर्दै आफ्नो सपना वास्तविकतामा परिणत गरेका छन्।”
उनका अनुसार,नगरपालिकाले प्रत्येक वर्ष विभिन्न वडामा लघु उद्यम सिर्जना र स्तर उन्नतिको लागि तालिम र परामर्श कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूले स्थानीय युवालाई व्यावसायिक सोच,व्यवस्थापन सीप र उत्पादन गुणस्तर सुधारमा सहयोग पुर्‍याउँछन्।
शारदा बिश्वकर्मा थप्छिन्,“बिष्टको जस्तो उदाहरणले देखाउँछ कि सही मार्गदर्शन,आवश्यक सीप र दृढ इच्छाशक्ति भएमा युवा उद्यमी स्वदेशमै सफल व्यवसायी बन्न सक्छन्।यसले अन्य युवालाई पनि आफ्नै क्षेत्रमा अवसर खोजेर उद्यम सुरु गर्न प्रेरणा दिनेछ।”
बिष्टको पसलले उत्पादन गर्ने मिठाईमा दूध,दही,घिउ,पनिर,रसबरी,गुलाबजामुन,पेढा,बर्फी,मिल्ककेक,कलाकन्द,लड्डु,जलेबी,खुवा लगायतका परिकार समावेश छन्। विशेष अवसर जस्तै नयाँ वर्ष,दशैं,तिहार,विश्वकर्मा पूजामा दैनिक ५–६ लाख रुपैयाँसम्मको मिठाई बिक्री हुन्छ।
हाल बिष्टसँग एक श्रीमती,एक छोरा र एक छोरी छन्।छोरी एच.ए.अध्ययनरत छिन भने छोरा कक्षा १२ मा अध्ययनरत छन्। बिष्ट भन्छन्।"पढाइभन्दा जीवन उपयोगी सीप नै ठूलो पूँजी हो।"उद्यम सुरु गर्दा बिष्टले आफ्नै ३० लाख रुपैयाँ लगानी र कृषि विकास बैंकबाट १५ लाख रुपैयाँ कर्जा लिए।अहिले दूध भण्डारणका लागि भ्याट खरिद गर्ने योजना बनाएका छन् जसले ८–१० दिनसम्म दूध सुरक्षित राख्न सक्नेछ।उनी भन्छन् विदेश मात्र विकल्प होइन,स्वदेशमै अवसर खोजेर पनि सफलता हासिल गर्न सकिन्छ।बिष्टको संघर्ष,धैर्य र सीपको यात्रा आज धेरै युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ। उनले देखाएका दृढता र व्यावसायिक सोचले युवा पुस्तालाई उद्यमशीलता,आत्मनिर्भरता र समुदायप्रति योगदानको महत्त्व सिकाउँछ।"सुरुमा धेरै नाफा खोज्नु हुँदैन,थोरै आम्दानीमा सन्तुष्ट हुँदै निरन्तर अघि बढ्नु नै दीर्घकालीन सफलताको मूल मन्त्र हो,"बिष्ट भन्छन्।सिर्जना,सीप र मेहनतले मात्रै स्वदेशमै पनि सफल उद्यम निर्माण गर्न सकिन्छ भन्ने कुरा बिष्टको संघर्षले प्रष्ट पारेको छ।