राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बालबालिका लाई स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरूको उपयोग गरी विद्यालयले साप्ताहिक रूपमा खाजा तालिका तयार गरेर मापदण्डबमोजिम पकाएर ताजा,सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न सुझाव दिएका छन्। त्यस्तै बर्माले शुक्रबार समेत खाजा खुवाउन आग्रह गरेका छन।
नगरका केही बिध्यालयमा तोके अनुसारको मापदण्डमा खाजा खुवाउने नगरेको गुनासो आए सङ्गै अनुगमन कार्यलाई अगाडि बढाएको हो।
यसैबीच कक्षा अबलोकन गर्दै प्युठान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेश कुमार गुरुङले सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता भएको भन्दै अब पढाउने र घोकाउने भन्दा पनि विद्यार्थीलाई सिकाउन आग्रह गर्नुभयो।"अब शिक्षक,शिक्षक होईन प्रशिक्षकको भूमिकामा हुनुपर्छ गुरुङले भन्नुभयो"- पहिले पढाउने चलन थियो,अब पढाउने होइन,विद्यार्थीलाई सिकाउने हो।लेक्चर विधिबाट पढाउँदा बालबालिकामा वृत्ति विकास हुन सक्दैन।बच्चा आफैँ सिक्न सहभागी हुनुपर्छ।"
सामुदायिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर बृद्धि गर्न सरकारले लिएको दिवाखाजा कार्यक्रम बिध्यालय बाट नियमित कार्यान्वयन ल्याएको बिध्यालयका प्र अ केशु गिरी ले बताउनुभयो ।
उहाँले विद्यालयमा दिवाखाजा खुवाउन थालेपछि विद्यालयमा भर्ना भएका सबै विद्यार्थीहरू विद्यालयमा आउने गरेको बताउनुभयो ।‘पहिले दिउँसो १/२ बजे ती विद्यार्थी विद्यालय छोडेर घर जाने, खानेकुराहरू खोज्न जाने, विद्यालय आए पनि पढ्न मन नगर्ने गर्थे, दिवा खाजा खुवाउन थाले देखी सबै विद्यार्थीहरू ४ बजेपछि मात्रै फर्कन्छन्’– उहाँले भन्नुभयो ।
सुरुका दिनमा कक्षा १–५ सम्मका बालबालिकालाई विद्यालयमै खाजा पकाएर पौष्टिक आहार उपलब्ध गराउने नीति लिएको थियो।भने हाल कक्षा ६ सम्मका बालबालिकाले समेत दिवाखाजा सहभागी गराईएको छ।
यस्तो छ दिवा खाजाको मापदण्ड
शिक्षा मन्त्रालयले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार दिवा खाजा स्वस्थकर र आवश्यक पोषक तत्व भएको हुनुपर्ने मापदण्ड तोकेको छ । ४ देखि १० वर्ष उमेर समूहका बालबालिकाको उपभोग्य खानामा उपलब्ध हुनुपर्ने पोषक तत्वहरू क्यालोरी,प्रोटिन,फ्याट,आयोडिन,आइरन,जिंक,भिटामिन ए र बीको मात्रा दिवा खाजाबाट पूर्ति हुनुपर्ने व्यवस्था छ ।
धेरै जसो सामुदायिक बिध्यालयका विद्यार्थीले सूची अनुसारको खाजा नखुवाउने,शुक्रवारको दिन खाजा नखुवाउने,खाजाको नाममा चामल,नून,बेसार राखेको भात र हलुवा मात्र दिने गरेको बालबालिकाहरूले गुनासो गरेका छन्।स्थानीय तहले यसको अनुगमन गर्नुपर्नेमा नगरेका कारण अनियमितता बढेको बताइन्छ ।
धेरै जसो सामुदायिक बिध्यालयका विद्यार्थीले सूची अनुसारको खाजा नखुवाउने,शुक्रवारको दिन खाजा नखुवाउने,खाजाको नाममा चामल,नून,बेसार राखेको भात र हलुवा मात्र दिने गरेको बालबालिकाहरूले गुनासो गरेका छन्।स्थानीय तहले यसको अनुगमन गर्नुपर्नेमा नगरेका कारण अनियमितता बढेको बताइन्छ । 
प्रतिक्रिया राख्नुहोस्