प्युठानका ६८ वर्षीय सिद्धिमणि सुवेदी काठमाडौबाट सम्पर्कबिहीन,खोजि गरिदिन आग्रह

प्युठानका ६८ वर्षीय सिद्धिमणि सुवेदी काठमाडौबाट सम्पर्कबिहीन,खोजि गरिदिन आग्रह

सिता बि.क
प्युठान,काठमाडौको बुढानीलकण्ठ,कपन बाट एक बृद्ध सम्पर्कबिहीन भएका छन्।बुधबार बिहानदेखि कपन स्थित आफ्नै घरबाट ६८ वर्षीय बृद्ध सिद्दिमणी सुबेदि सम्पर्कबिहीन भएका हुन् ।
प्युठान(टारी)स्थायी घर भई हाल बुढानीलकण्ठ,कपन,काठमाडौंमा बसोबास गर्दै आएका  सुवेदी मिति २०८२ जेठ २८ गते बिहानको ९:२७ समयमा घरबाट निस्किनु भएको र अहिलेसम्म सम्पर्कमा नआएको सुबेदिका नातिनी करिश्मा सुबेदिले बताइन।‘हजुरबुबाको फोन पनि अफ छ।’ सुबेदिले भनिन उहाँले नीलो र सेतो बुट्टा भएको सर्ट,हरियो (मेहेन्दी) रंगको हाप पाइन्ट र नीलो फिला लेखेको चप्पल लगाउनुभएको छ।
परिवारले खोजि गरिदिन सम्बन्धीत सबै निकायलाई अपिल समेत गरेका छन् ।
कतै फेला परेमा ९८६११४३१६५/९८५१०७८०७५ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन नातिनी करिष्मा सुबेदिले आग्रह गरेकि छिन।
सुवेदीले लामो समयदेखी स्वास्थ्य कार्यालय प्युठानमा स्वास्थ्यकर्मिको रुपमा रहि केही बर्ष अगाडी सेवा निर्बित्त भई प्युठान अस्पताल बिकास समितिको  तत्कालीन अध्यक्षको जिम्मेवारी पनि बहन गरेका थिए।