सिता बि.क
प्युठान,सरुमारानीमा माहुरी तथा माहुरीजन्य सामग्री उत्पादन सम्बन्धि तालिम सन्चालन भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन ईकाइ कार्यालय अन्तर्गत सरुमारानी गाउँ पालिकाको आयोजना र ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी सस्थाको सहकार्यमा उक्त तालिम सन्चालन गरिएको हो।
मह सङ्कलन तथा प्रशोधन गरी महजन्य सामाग्री उत्पादनमा समेत कृषकको ध्यान जावस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको कृषि शाखा प्रमुख इश्वर जि.सि ले जानकारि दिनुभयो।
तालीमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले मह मात्र उत्पादन मात्र होइन मौरी जन्य सामाग्रीको समेत उत्पादन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
मह र मौरी जन्य उत्पादित सामाग्रीको गुणस्तर सुनिश्चित भएमा आयातित महले बजार खोस्न नसक्ने बताउनुभयो।
“हामी शुद्ध मह र मौरी जन्य, गुणस्तरीय सामाग्रीको प्रतिस्पर्धी उत्पादनमा केन्द्रित भए आयातित महको असर पर्नेछैन,”अध्यक्ष बिश्वकर्माले भन्नुभयो,”स्थानीय सरकार मौरीपालन र मह उत्पादन प्रवर्धनका लागि आवश्यक सबै सहयोग गर्न तत्पर छ।”
त्यस्तै उपाध्यक्ष बसन्ता खड्काले मह र मौरी जन्य सामाग्रीको बजार माग बढ्दै गएकाले मौरी पालक किसानलाई यस्ता सामाग्री उत्पादनमा लाग्न आग्रह गर्नुभयो।
दीर्घकालीन सोचका साथ महको गुणस्तर वृद्धि गरी बजारीकरणका लागि सरोकार भएका निकाय,स्थानीय सरकार र किसानबिच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै उहाँ भन्नुभयो,‘मौरी पालक कृषकबाट उत्पादित महको मूल्य र बजार सुनिश्चित गरी पेशालाई सम्मान गर्नुपर्छ।’
यता कार्यक्रमम सहभागी किसानले बजारको सुनिस्चिता नहुदा आफुहरु मह बिक्री नभएको दुखेसो व्यक्त गर्नुभएको थियो।
“आफुहरुले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको एक जना किसानले बताउनुहुन्छ।”
प्रमुख प्रसाशकिय अधिकृत त्रिबिक्रम खड्का को अध्यक्षता,गाउपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा को प्रमुख आतिथ्यता,उपाध्यक्ष बसन्ता खड्का को विशेष अतिथ्यता,कृषि शाखा प्रमुख इश्वर जि.सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन कृषि प्राबिधिक तृथ बहादुर शाहिले गर्नुभएको थियो।
सरुमारानी गाउँपालिकाको सभाहलमा २ दिन सम्म चल्ने तालिमको प्रशिक्षण कृषि ज्ञान केन्द्र दाङको पुर्ब बरिस्ठ बालि संरक्षण अधिकृत रुद्रमणी पौडेलले प्रशिक्षण गर्नुभएको थियो।
आज पहिलो दिन तालिम सहभागीलाई मौरीपालन,महका प्रकार,मह प्रसोधन,प्रसोधित महका फाइदाहरु,महको प्रयोग,मौरीको बीस ,कुट वा पराग लगायत को बारेमा जानकारी गराइएको थियो।
प्रतिक्रिया राख्नुहोस्