वडा अध्यक्ष पौडेलको स्मरण : सामाजिक सुरक्षा भत्ता नविकरण भोलिसम्म गर्नुस्

 वडा अध्यक्ष पौडेलको स्मरण : सामाजिक सुरक्षा भत्ता नविकरण भोलिसम्म गर्नुस्

राम बहादुर बिश्वकर्मा 
प्युठान,मल्लरानी ३ का वडा अध्यक्ष नोमराज पौडेलले  सामाजिक सुरक्षा भत्ता नवीकरणको अन्तिम म्याद भोलिसम्म मात्र बाँकी रहेको भन्दै सम्पूर्ण लाभग्राही वडाबासीहरूलाई यथासमयमा नवीकरण गराउन आग्रह गर्नुभएको छ।
सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने अन्तिम मिति सोमबार बाकी रहेको र वडामा भत्ता नवीकरण नहुँदा सरकारले प्रदान गर्ने मासिक रकम रोकिन सक्ने भएकाले सोमबार भित्र अनिवार्य रूपमा सम्पर्क गर्न वडा अध्यक्ष पौडेल फेसबुक पेज मार्फत जानकारी दिँदै नविकरण गर्न अपिल गर्नुभएको हो।

यी हुन मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल 


"हामीले पटक-पटक सूचना जारी गरेका छौँ। तर अझै पनि थुप्रै लाभग्राहीले नवीकरण प्रक्रिया पूरा गर्नुभएको छैन। करिब ६ सय सेवाग्राहीले नबिकरण हुनुपर्नेमा ६० जना अझै बाकी रहनुभएको छ अध्यक्ष पौडेलले भन्नुभयो "सामाजिक सुरक्षा भत्ता नरोकियोस भन्नका लागि भोलिसम्म वडा कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित नवीकरण प्रक्रिया पूरा गर्नुहोला।”
साथै वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक,एकल महिला,अपांगता भएका व्यक्ति,बालबालिका र दलित समुदायका लाभग्राहीहरु नेपालको जुनसुकै स्थानमा भएपनी नजिकैको वडामा बायोमेट्रीक गर्न समेत आग्रह गर्नुभएको छ।
साथै उहाँले आफ्नो ९८५७८३३७५१ मोबाइल नम्बरमा सामाजिक सुरक्षा परिचयपत्र/दर्ता प्रमाण व्हाट्सप गर्ने सकिने बताउनुभयो।
सामाजिक सुरक्षा भत्ता सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने सुविधा हो,जसले जेष्ठ नागरिक, एकल महिला,अपांगता भएका व्यक्ति, बालबालिका तथा दलित समुदायलाई लक्षित गरेको हुन्छ।