प्युठान,नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को २४ औँ महाधिवेशनबाट प्युठानका टेकराज केसी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेश खुला कोटाबाट उम्मेदवारी दिएका केसीले १२७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
लुम्बिनी प्रदेशबाट आठ जना केन्द्रीय सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका थिए। स्वर्गद्वारी क्याम्पसको स्ववियु सभापति समेत भइसकेका युवा नेता केसी अनेरास्ववियु प्युठानका अध्यक्षसमेत हुन्।
यसपटक उनले लुम्बिनी खुला कोटाबाट प्युठानको प्रतिनिधित्व गर्दै केन्द्रीय कमिटीमा स्थान बनाएका छन्।
यस्तै,लुम्बिनी प्रदेश भूगोलतर्फ महिला कोटाबाट स्नेहा क्षेत्री अनुशासन आयोग सदस्यमा निर्वाचित भएकी छन्।
महाधिवेशनले डा. सुजन कडरियालाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको छ।
काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत बिहीबार भएको मतदानमा कडरिया विजयी भएका हुन्।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्