राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डबी माण्डवी गा.पा.१ मुर्कुटी छबिसे चौर स्थित दाङ घोराही देखी प्यूठान तर्फ आउदै गरेको रा ५ प १५२८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा जिल्ला दाङ घोराहि उपमहानगर पालिका ११ बस्ने २७ बर्षिय बिमल डागी रहेका छन्।
गंभिर घाईते डागिलाई जिल्ला अस्पत्ताल ल्याईएकाे थियाे।उनलाई अस्पतालले मृत घाषणा गरेकाे थियो।
सोही मोटरसाइकल पछाडी सवार जिल्ला दाङ घोराही उपमहानगरपालीका ८ ढिकपुर बस्ने वर्ष ४८ को कैलास डि सी. को टाउको,दाहिने हात र खट्टामा चोट लागेको र उनकाे विजुवारमा सामान्य उपचार पछि नेपालगन्ज रिफर गरिएकाे बताइएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्