राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डबी गाउँ पालिकाका अध्यक्ष नवराज अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताउनु भएको छ।
गाउँपालिकाको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सागितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको उद्घाटन गर्दै अधिकारिले यस्तो बताउनुभएको हो।
"शिक्षामा गरिएको लगानीको औचित्य विद्यार्थीको शैक्षिक उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ।"अधिकारीले भन्नुभयो,-आफ्नो विद्यालयमा शैक्षिक,भौतिक र आर्थिक पक्षको वृद्धिमा शिक्षकले नै भूमिका खेल्नुपर्छ।कक्षाकोठाको शिक्षणसिकाइ क्रियाकलापमा केन्द्रित रहेर विद्यार्थी,अभिभावक र समुदायको मन जित्ने शिक्षकले चाहेमा विद्यालयलाई कायापलट गरिदिन सक्छ"शिक्षकहरुले आफुले गरेको मेहनतको स्व:मुल्याङकन गर्नु पर्ने अनिवार्य रहन्छ।"
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि कक्षा कोठामा प्रयोग गरिने शिक्षण विधि प्रत्यक्षरूपमा सम्बन्धित हुने भएकाले
शिक्षण विधिमा सामान्य सुधार गर्न सकेको खण्डमा विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न सकिने भएकाले यसको निम्ति शिक्षकमा इच्छा शक्तिको आवश्यकता हुने बताउनुभयो ।
शुक्रबार सम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मानवज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा,प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहनु भएको छ । वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गर्नु भएको कार्यक्रममा माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय,आधारभुत तहका प्रधानाध्यापकहरु,खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो। भने कार्यक्रमको सन्चालन गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गर्नु भएको थियो।
कार्यशालामा पालिका भित्र रहेका माध्यामिक बिधालय ,आधारभुत तहका प्रधानाध्यापकहरु,खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्