राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रक्रिया सञ्चालन गर्न १ हजार ७ सय ८४ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
आइतबार जुम्रीमा सम्पन्न निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक आधा दिबशिय अभिमुखी कार्यक्रममा कार्यालयका प्रमुख देबिराम पाठकले जानकारी दिए।
प्युठानमा २२३ मतदान केन्द्रमा सुरक्षा बाहेक मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी समेत गरी १ हजार ७ सय ८४ जना निर्वाचनमा खटाइने कर्मचारीको नामावली छनोट कार्य भइरहेको र कार्तिक २१ गतेभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सो नामावली उपलब्ध गराइने उनले बताए।
जिल्लाको १ मात्र प्रतिनिधि शभाको लागि निर्वाचन क्षेत्र नम्बर १ मा १५६ मतदानस्थल र २२३ वटा मतदान केन्द्र रहेको छ भने प्रदेश क्षेत्र नम्बर १ मा १०६ वटा मतदान केन्द्र र २ मा ११७ वटा मतदान केन्द्र गरी २२३ वटा मतदान केन्द्र तोकिएको छ। भने जिल्ला कारागार कार्यालयमा रहने गरि एक मात्र अस्थाई मतदान केन्द्र रहेको बताइएको छ।
प्युठानमा १ लाख ५९ हजार ७ सय ६० मतदाता संख्या रहेका छन्। जसमध्ये महिला ८१ हजार ९ सय ९० र पुरुष ७७ हजार ७ सय ६९ जना र १ जना अन्य मतदाता छन भने प्रदेश क्षेत्र नम्बर १ मा ७४ हजार ६ सय ६३ जना र क्षेत्र नं. २ मा ८५ हजार ९७ र जना छन्।
प्रतिक्रिया राख्नुहोस्