सीता बि.क
प्युठान,प्युठान नगरपालिकाका उद्यमिले उत्पादन गरेको सामग्रीलाई बजारमा प्राथमिकताका साथ बजारीकरण गर्न प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले प्रतिबद्धता जनाउनु भएको छ ।
प्युठान नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) सम्बन्धि प्युठान नगरपालिका वडा नम्बर १ दाखाक्वाडिमा भएको १ दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख योगिले सो प्रतिबद्धता जनाउनु भएको हो ।
उहाँले भन्नुभयो–‘प्युठान नगपालिकामा स्थानीयको गरिबी अन्त्यका लागि उद्यमि बन्न आवश्यक छ,उत्पादन गरेर स्थानीय स्तरमा उत्पादित सामाग्रीले पैसा बाहिर जाँदैन भने स्थानीयको आयस्रोतको आधार पनि हुने नै भयो।"
प्युठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले हालसम्म जिल्लाका उत्पादन के–कति हुन्छन् र त्यसको बिक्री अवस्थाबारे कुनै आधिकारिक जानकारी पाउन कठिन भएको बेला अब त्यसलाई व्यवस्थित गर्न नगरपालिका लाग्ने बताउनुभयो ।
नगरपालिकाका कुनै पनि कार्यक्रममा स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने र उपहारस्वरुप स्थानीय उत्पादन दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै जान सके स्थानीयवासीले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्ने उहाँको भनाई छ ।
कार्यक्रमको लक्ष,उद्देश्य कार्यक्रमको मोडेलकोको बारेमा उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो।
गरिबीको रेखामुनि रहेका लक्षित बर्ग बस्ती छ्नोट गरी यस आर्थिक बर्षमा नयाँ उद्यमि ८० जना र भैरहेका ४० जना उद्यमि लाई स्तरउन्नति गरिने बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्