खैरा-दाखाक्वाडि क्षेत्रमा नयाँ पुल निर्माण भएपछि घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य

खैरा-दाखाक्वाडि क्षेत्रमा नयाँ पुल निर्माण भएपछि घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य

सीता बि.क
प्युठान,प्यूठान नगरपालिका भित्रको सुन्दर गाउँ वडा नम्बर १ खैरा-दाखाक्वाडी जोड्ने झिमरुक नदिमा पक्की पुल निर्माण पश्चात् स्थानीय निकै खुसी छन्।
स्थानीय मात्र होइन तल बग्ने झिमरुक नदि सङ्गै फोटो खिच्ने र भिडियो बनाउनेको उत्तिकै लर्को लाग्ने गर्दछ।
लामो समय सम्म अलपत्र अबस्थामा रहेको पुल निर्माण भएदेखि खैराबासीलाई निकै खुशी छाएको 'स्थानीय सामाजिक अगुवा पार्वता आचार्यले बताउनुभयो।
वर्षातमा निकै समस्या हुने गरेको थियो,पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै दाखाक्वाडि जानुपर्ने अवस्था थियो,अहिले त्यो समस्या हटेको छ,' उहाँले भन्नुभयो। 
उहाँका अनुसार खैरामा डबल लेनको पुल निर्माणले ‘हिँडडुलका लागि मात्रै होइन बिजुवार बाट खैरा हुँदै मदन भण्डारी राजमार्गलाई जोड्न सहज हुने भएकाले यसको महत्व धेरै छ।’

तस्बिर : निर्माण सम्पन्न पश्चात प्युठान नगरपालिका वडा नम्बर -१ स्थित खैरा- दाखाक्वाडि जोड्ने पक्की पुल 


पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए।जिल्लाको मुख्य बजार बिजुवारको नजिकैको ग्रामीण क्षेत्र भएर पनि झिमरुक नदिपारीको उक्त क्षेत्र सधैं पछाडी परेको थियो। 
पहिले खैराबासी दाखाक्वाडी पुग्न गाडीमा चेरनेटा भएर एक घन्टाको घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता थियो भने पुल निर्माण पश्चात् हिजोआज ५ मिनेटमै दाखाक्वाडी पुग्न सकिन्छ।अहिले  खैरा गाउँको रौनक नै फेरिएको छ। प्युठान नगरपालिका–१ को खैरा-दाखाक्वाडी जोड्ने पक्की पुल निर्माणले स्थानीयलाई आवतजावत गर्न सहजताका साथै खैरा दाखाक्वाडिको उर्भर जमिनमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा समेत सहजता मिल्ने स्थानीयको बुझाई छ।