राम बहादुर बिश्वकर्मा
प्युठान,ज्योति बिकास बैंक प्युठानले कोरोनाको प्रभाव बढ्दै गएपछि नेपाल पत्रकार महासघ प्युठानलाई स्वास्थ्य सुरक्षा सामाग्री खरिदका २५ हजार रकम प्रदान गरेको छ ।
प्रत्येक संचारकर्मीहरुका लागि अहिलेको परिस्थीतीमा अत्याबश्यक सेनिटाईजर, माक्स ,ग्लोब्स लगायतका सामाग्री खरिदका लागी उक्त रकम उपलब्ध भएको महासघ ले जनाएको छ।कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका वीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री खरिद का लागि उक्त प्राप्त भएको हो ।
नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले जिल्लामा रहि बित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको उक्त सस्थाले सामाजिक क्षेत्रमा एउटा राम्रो कामको सुरुवात गरेको बताउनुभयो ।पत्रकारहरुका लागि कार्यक्षेत्रमा खटिन निक्कै जोखिम बढिरहेको समयमा सहयोग उपलब्ध गराएकोमा बैंक प्रति महासंघले आभार ब्यक्त गरेको छ ।
महासघले अहिलेको परिस्थीतीलाई मध्यनजर गरी प्राप्त भएको रकमले सुरक्षा सामाग्री खरिद गरि तुरुन्तै वितरण गरिने जनाएको छ ।झिमरुक बिकास बैंकका पुर्ब कार्यकारी अधिकृत मदन बहादुर के सि को पहलमा उक्त सामाग्री प्राप्त भएको महासघका सचिब प्रकाश बैद्दले जानकारी दिनुभयो । पत्रकारको समस्यालाई बोध गरि बैंकले सहयोग गरेकोमा आभार व्यक्त गर्दै जस्तो सुकै परिस्थितिमा पनि सत्य तथ्य सुचना सम्प्रेषणमा खटिरहने पत्रकारहरुको समस्या सबैले बुझ्नुपर्ने जोड दिदै सचिब बैद्दले भन्नुभयो।-‘यस्तो कार्यलाई सबैले अनुशरण गर्नुपर्छ।,‘विपतको बेला रिपोर्टिङ गर्दा पत्रकारहरु निकै सचेत र सजक हुनुपर्छ।’
प्रतिक्रिया राख्नुहोस्