राम बहादुर बिश्वकर्मा
प्युठान,प्रतिनिधि शभा सदस्य सुर्य थापाले प्युठान बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ।
लायन्स क्लब अफ प्युठान भित्रीकोट द्वारा आयोजित प्रयोगशाला उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्युठान जिल्लालाई समृद्ध बनाउन लायन्स क्लब प्युठान लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको हो।
थापाले अस्पताल जस्तो संवेदनशील संस्थामा उपकरण,दक्षजनशक्ति हुने तर आवश्यक परेको समयमा बिरामीले सेवा नपाउने स्थिति आउन नदिन अस्पताल प्रशासन,अस्पताल विकास समितिलाई निर्देशन दिनुभएको छ। सामाजिक सेवा भावले गरिएको लायन्स क्लबले यस क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै उहाँले आउँदा दिनहरुमा प्युठान बासिको को आवश्यकता बमोजिमका थप कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभयो।
लायन्स क्लव अफ प्यूठानका रिजनल चियर पर्सन अर्जुनकुमार कक्षपतिले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको जानकारी दिँदै आफूहरू प्युठान अस्पताल सँग सहकार्य गरेर अघि बढ्न सधैँ तयार रहेको बताउनुभयो।
प्युठान अस्पतालको स्वास्थ सेवालाई थप मद्दत पुर्याउने उदेश्यले लायन्स क्लव अफ प्यूठान भित्रिकोटबाट प्रयोशाला उपकरण हस्तान्तरण गरिएको कक्षपतिको भनाई छ।
करिब १७ लाख रुपैयाँको उपकरण हस्तान्तरण भएको र यो उपकरणले अस्पताल आउने बिरामिको सेवा प्रबाहमा सहज हुने अस्पतालका मेसु डाक्टर प्रमिला खनालले विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार फुल्लि अटोमेटिक बायोकेमेस्ट्रिक एनालाईजर मेसिन १ थान,ईलेक्ट्रोलाईट सोडियम पोटासियम एनालाईजर मेसिन १ थान प्रदान गरिएको छ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ भित्रिकोटका अध्यक्ष खिमप्रसाद पार्दे,अस्पताल बिकास समितिका अध्यक्ष विजयविराज विष्ट,प्यूठान नगरपालिकाका संस्थापक मेयर तथा रिजनल चियर पर्सन अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिका प्रबक्ता सुमन श्रेष्ठ,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्लबका सचिब रामप्रसाद पोख्रेलले गर्नु भएको थियो । 
प्रतिक्रिया राख्नुहोस्