शोभाखर पन्थी
अर्घाखाँची,नेकपा एमालेले आज एकसाथ अर्घाखाँचीका सबै पालिकामा बैठक सम्पन्न गरेको छ ।
एमाले जिल्ला कमिटीको बैठकले बनाएको कार्ययोजना अनुसार आज एकै पटकसन्धिखर्क,भुमिकास्थान,शीगगंगा,मालारानी,पाणिनि,छत्रदेव र सन्धिखर्क विशेष ईलाकाको बैठक सम्पन्न गरेको हो । बैठकले आगामी एक महिनाको निम्ति पार्टीको योजना निर्माण गरेको छ ।
जस अनुसार चैत-५ गते जिल्लाका सबै ६१ वडा र ४ वटा विशेष शाखा गरी ६५ ठाउँमा पार्टी सदस्यको भेला गर्ने,भेलामा उपस्थित सबै सदस्य परिक्षामा सहभागी हुने । सोहीदिन पार्टी सदस्यता नविकरण गर्ने र पार्टीको केन्द्रीय कार्यालय निर्माणको लागि प्रत्येक सदस्य बाट कम्तिमा एकसय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।
साथै वैठकले पालिका स्तरमा दुईदिने प्रशिक्षण संचालन गर्ने । नयाँ सदस्यको निम्ति आवेदन फाराम भराउने निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टी बाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कामलाई थप प्रभावकारी र जनमुखी बनाउन जनप्रतिनिधि सँग अन्तरक्रिया गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।
यसैबीच नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले पुरानो गठबन्धन ढले सँगै प्रतिगामी कित्तामा हलचल मच्चिएको बताउनु भएको छ । उहाँले नेपाली जनताको बलिदान,कठोर संघर्ष र ठूलो त्याग बाट प्राप्त उपलब्धि खोसेर नेपाली जनतालाई पुन: रैती बनाउने षडयन्त्र भएको भन्दै त्यसका बिरुद्ध सबै अग्रगामी र परिवर्तनशील शक्ति एकजुट भई अगाडि वड्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमाले एकताबद्ध भएर अगाडि बढेमा मुलुकको कुनै पनि तागतले जित्न नसक्ने दाबी गर्दै उहाँले झिना मसिना कुरामा नअल्झिएर एकमना एकताका साथ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
भुसालले पार्टीको तर्फ बाट जनप्रतिनिधि वा संघसंस्था जुनसुकै ठाउँमा प्रतिनिधित्व गर्ने व्यक्ति भएपनि उदाहरणीय र अब्बल काम गरी श्रेष्ठता हासिल गर्न आग्रह गर्नु भयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,सचिव कुशल भुसालको संचालन र उपसचिव लक्ष्मण पराजुलीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य द्वय केवी भुसाल,भोज बहादुर गन्दर्व,क्षेत्रीय समन्वय कमिटीका संयोजक रामबहादुर रायमाझी,रामचन्द्र पोख्रेल, नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ,सह ईन्चार्ज मोतिजङ्ग रायमाझी, एमाले नेता सरोज भुसाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्