सीता बि.क
प्युठान,प्रेस चौतारी नेपाल प्युठानले ऐरावती गाउँपालिकामा पालिका स्तरीय प्रेस चौतारी गठन गरेको छ।आज शुक्रबार बरौलामा आयोजित नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको प्रेस चौतारी प्युठानले प्रथम भेला तथा अधिबेशनको आयोजना गर्दै आशिष कुँवरको अध्यक्षतामा ९ सदस्यीय पालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो।
जस्को उपाध्यक्ष रीया गाहा,सचिव सुवास गिरी,सहसचिव सवित कुमार श्रेष्ठ र कोषाध्यक्ष सुजता बुढामगर रहेका छन।
त्यस्तै सदस्यहरुमा रोसन थापा,यूनिक विष्ट,शिशिर राउत र विपना पुन लाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी प्युठान शाखाका कोषाध्यक्ष बोम बहादुर परियारले जनाएका छन ।
कुवरको नेतृत्वबाट चौतारीले गाउँपालिका स्तरमा रहेर जनतालाई निश्पक्ष सुचना प्रवाह र खबरदारीमा शशक्त र चलाएमान रहने विश्वास ब्यक्त गरेको छ। गाउँपालिका स्तरीय भेला तथा प्रथम अधिबेशनको उद्घाटन शत्रमा प्रमुख अतिथी एबं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सुरेश थापाले चौतारी संबद्ध पत्रकारहरुलाई रचनात्मक कार्यमा लाग्न आग्रह गर्दै पालिकाका हरेक गतिविधिलाई सुक्ष्म रुपले नियालेर जनता सामु ल्याउनुपर्ने बताए।
उनले हरेक क्षेत्रमा भ्रष्टाचार,अनियमितता लगायतका समस्या बढेको भन्दै प्रेस चौतारीले खबरदारि गर्न ढिला गर्न नहुनेमा जोड दिए ।
ऐरावती गाउँ कमिटीका अध्यक्ष टिका बहादुर गरुङको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले सम्बद्ध नेताहरुको सहभागिता रहेको थियो।भने कार्यक्रमको सन्चालन सुनिल पुन मगरले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्