सिता बि.क
प्युठान,प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नम्बर ३ मा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। नोमराज पौडेल
उहाँले विद्यार्थी जिवनमा राजनीतिक यात्रा सुरु गरेर सानै उमेरमा वडा अध्यक्षको यात्रामा सफलता प्राप्ती गर्नुभएको हो।
लामो समय सम्म सन्चार क्षेत्रमा सक्रिय पौडेल स्थानीय निर्वाचनमा बिजय हासिल गरे पछि वडामा अहोरात्र खटिरहनुभएको छ। पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तिब्र गतिमा भईरहेका छन ।
स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ३ का वडा अध्यक्ष पौडेल बताउनुहुन्छ।
तस्बिर : मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल
वडा नम्बर ३ ले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष नोमराज पौडेलले बताउनुभयो।
कुरा र गफ गरेर जनताको मन जित्न नसकिने बताउदै कामले वडाबासीको मन जितेको पैरवी अनलाइनलाई बताउनुहुन्छ।प्रचारवाजीका नाममा झुट बोले भ्रम सृजना गर्ने काम भई रहेको बताउदै कुरामा होइन काममा जोड दिनु पर्ने अहिलेको आवश्कयता रहेको वडा अध्यक्ष पौडेल बताउनुहुन्छ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको साथै वडामा वडाको विकासका लागी अहोरात्र खटिरहेका छौं वडा अध्यक्ष पौडेलले बताउनुभयो।
सम्रग वडामा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउदै वडामा खानेपानि र बाटा शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न आफु लागी परेको उहाँले बताउनुभयो ।
पौडेल निर्वाचित भएको ३ बर्ष भित्र वडामा सम्पन्न भएका आयोजनाहरु
१) अध्याराेमा बस्न बाध्य ४९ घरमा विजुलि बत्ति बालेर अन्धकार मुक्त वडा
२) कृयापुत्रि प्रतिक्षालय बनाएर मानविय संवेदनसिलता र संस्कारमा हुने जटिलता हटाउँदै लगिएका छाै।
३) चाैरपानिमा सेवा कार्यालय स्थापना गरि त्याे बस्तिमा सेवा सुरु
४) घरघरमा धारा निर्माण अभियानलाई तिव्रता दिईएकाे।
५) स्वास्थ्य संस्थामा ल्याप स्थापना गरि कम्तिमा गर्भवति महिला , जेष्ठ नागरिककाे रगत परिक्षण वडामै।
६) विधालयमा भवनहरु निर्माण र रिजल्ट सुधारमा जाेड ।
७) मुख्य सडकमा कराेड बजेट विनियाेजन गरि देखिने गरि स्तरउन्नति पिच गर्ने तयारिमा पुराएर यातायातमा सहजता।
८) कला संस्कृति पराम्पराकाे संरक्षणमा बजेट ब्यवस्था गरि सिर्जनशिल कार्यक्रम संचालन।
९) मसानघाटमा प्रतिक्षालय निर्माण गरि मलामिलाई पानी पर्दा अाेत निर्माण।
१०) कृषिमा ब्यवसायिकता ।मकै,आलु,सिमि,तरकारि बेच्न सुरु। उत्पादनमा आधारित अनुदान दिन सुरु।
११) खेलकुद प्रतियाेगिता संचालन, खेलकुदलाई प्राथमिकता, बजेटकाे ब्यवस्था।
१२) वडाबाट दिईने सेवा अनलाईन ,गाउँमै भत्ता वितरण।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु सन्चालनमा रहेका छन।उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष पौडेलले बताउनुभयो।
वडाबासीको जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिबिध सेवा जनताको पहुँचमा पुर्याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै पौडेलले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार वडामा बसेर काम गर्दा चुनौती पनि रहेको छ।तर चुनौतिका बावुजुत हामीले निरन्तर रुपमा लागी परेका छौ।अध्यक्ष पौडेल भन्नुहुन्छ, समाज सेवा रोजेको छु समाज सेवामै समर्पित रहने छु।
सदैव वडा बासिको हरेक सुख दुखमा साथ दिनेछु हाम्रो वडामा रहेका हरेक समस्याहरु समाधानका लागि निरन्तर लागि रहने छु।"हामिले गर्ने यिनै हुन सयाै जनालाई विदेश जानबाट राेकेर राेजगार दिन वडाले अहिल्यै सक्दैन।त्यसकारण सकारात्मक बनाै। बिकासमा हातेमालाे गराै।" उहाँ भन्नुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्