प्युठान,विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाजिपुरमा नवप्रवेशी नेता कार्यकर्तालाई पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले टीका र खादा लगाई फूल उपहार दिएर पार्टीमा स्वागत गर्नुभयो।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापाले नव प्रवेशिलाई स्वागत गर्दै नेकपा एमाले जनताको विश्वास जित्न सफल भएकै कारण आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर बढेको बताउनुभयो।
सो अवसरमा नेपाली काँग्रेसका नेता शिवबहादुर खड्कासहित राष्ट्रिय जनमोर्चा,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १५० जना व्यक्तिहरू नेकपा(एमाले)मा प्रवेश गर्नुभएको हो।
विभिन्न दल परित्याग गरेको घोषणा गर्दै उहाँहरुले सङ्गठन निर्माणको क्रममा देखिएको विचलन,समाज रूपान्तरणको निमित्त दुर्दृष्टिको अभाव,इमानदार ऊर्जावान् साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उहाँहरुले पार्टी परित्याग गरेको घोषणा गरेको बताइएको छ।
नेकपा एमाले स्वर्गद्वारी नगर कमिटी अध्यक्ष भरत राउतको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुल्सीराम शर्मा,लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय,जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्ट,सचिव इन्द्रमणी पोख्रेल उप-सचिब हिरामणी भण्डारी,उप-सचिब इश्वरा आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन नगर सचिव खिमप्रसाद पार्धेले गर्नुभएको थियोे।
प्रतिक्रिया राख्नुहोस्