मुक्ति माविमा स्व: बिष्टको सम्झनामा ३ लाख ३ हजार ३ सय ३३ रुपियाँको अक्षकोष स्थापना

मुक्ति माविमा स्व: बिष्टको सम्झनामा ३ लाख ३ हजार ३ सय ३३ रुपियाँको अक्षकोष स्थापना

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ मा रहेको मुक्ति माध्यमिक विद्यालय रातामाटामा अक्षय कोष स्थापना गरिएको छ।
जन्मस्थल प्युठान नगरपालिका वडा नम्बर-२ चितिखोला हाल काठमाडौँ वनस्थली बस्ने छोरा जगत बहादुर बिष्ट तथा बुहारी तारा बिष्ट ले स्व. टोपबहादुर बिष्ट तथा आमा स्व.धना देवी बिष्टको पुण्य स्मृतिमा तीन लाख तीन हजार तीन सय तेत्तीस रकम बराबरको"टोप बहादुर धना बिष्ट स्मृति पुरस्कार" अक्षय कोष स्थापना गर्नुभएको हो।स्व:बिष्टका छोरा जगत बहादुर विष्ट र तारा विष्टको तर्फबाट उक्त अक्षयकोष स्थापना गरिएको बिध्यालयले जनाएको छ।स्वर्गिय बिष्टका छोरा तथा काठमाडौँ वनस्थली बस्ने छोरा जगत बहादुर बिष्ट ले शिक्षा प्रतिको बुवाको गसमर्पणलाई मनन् गरेर उहाँकै योगदानमा स्थापित विद्यालयमा अक्षय कोष स्थापना गरिएको बताउनुभयो । 
आफु श्रीमति तारा विष्ट,छोरा रवि सिंह विष्ट र छोरी सरिता विष्ट कुवँरले यस विद्यालयमा लामो समयसम्म अध्ययन गरि तत्कालिन एस.एल.सी आफुहरुले उत्तीर्ण गरी यो विद्यालयको ज्ञान र शिक्षाले हामी निकै लाभान्वित भएकोले अक्ष कोष स्थापना गर्न थालिएको उहाँको भनाई छ। उक्त अक्षयकोषबाट प्राप्त हुने वार्षिक व्याज रकमबाट विद्यालयको वार्षिकोत्सवका दिन उत्कृष्ट शिक्षक १ जना तथा कक्षा १२ व्यवस्थापन समूहको वार्षिक नजिताको आधारमा उत्कृष्ट छात्र वा छात्रालाई पुरस्कार प्रदान गर्नका लागि अक्षयकोष सञ्चालन गर्न यस विद्यालय प्रशासन बाट खाता सञ्चालन हुने गरी काम कार्बाही अगाडी बढाउ परिबारले आग्रह समेत गरिएको छ। अक्षकोष रकम  ग्रहण गर्दै बिध्यालयका प्र.अ दामोदर बिष्टले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिवङ्गत आफन्तको स्मृति तथा वंश नाम राखेर विद्यालयमा स्थापना गरिएको अक्षयकोष दाता बिष्ट परिबारलाई धन्यवाद व्यक्त गर्नुभयो।
स्व: बिष्ट परिबारको मनले गरेको यो साथ मुक्ती माबीको शैक्षिक गुणस्तर वृद्धिमा गरिएको नमुना कार्य हो,उहाँले भन्नुभयो,‘यो कार्यको उच्च प्रसंसा गछौँ।शिक्षामा गरेको लगानीको सहिसदुपयोग गछौँ।’