सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाको आयोजनामा भएको दोस्रो गाउँ सभाको १७ औँ अधिवेशनको प्रथम बैठकमा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले गाउँपालिकाको १ सय ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।बहुउद्देश्यीय सभा हल बड्डाडाडामा सम्पन्न नीति कार्यक्रममा अध्यक्ष बिश्वकर्माले प्रस्तुत गरेको नीतिमा भौतिक पूर्वाधार विकासको क्षेत्र,सार्वजनिक सेवा,सीप बिकास तथा क्षमता विकास क्षेत्र,आर्थिक विकास क्षेत्र,सामाजिक विकास र वातावरण तथा विपद व्यवस्थापनको विषयमा केन्द्रित रही नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
तस्बिर :१ सय ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बहादुर बिश्वकर्मा
बिश्वकर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भौतिक पूर्वाधार तर्फ अधुरा सडक योजनाहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने लागत साझेदारीको कार्यक्रमलाई प्राथमिकता र रोजगारी सृजना छोरी पेवा अभियानलाई निरन्तरता दिने जनाएको छ ।
त्यसै गरी सुसासन तथा सार्वजनिक सेवा प्रवाह तर्फ काम सम्पन्न पश्चात् बिना झन्झट भुक्तानी प्रक्रियाको प्रबन्ध, वित्तीय अनुशासनमा कडाइ,कार्य सम्पादन सम्झौता,भुउपयोग नीति कार्यान्वयन,शून्य बेरुजु नीति कार्यान्वयनका क्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने, गाउँपालिकाको नीति रहेको जनाइएको छ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामानिक सुरक्षा तर्फ महिला,अपांगता भएका व्यक्तिहरू,यौनिक तथा लैगिक अल्पसंख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदाय,बालबालिकाहरूको हकको संरक्षण तथा प्रगति सम्बन्धी नीति,कानून,सिद्धान्त, योजना तथा नियमावली तर्जुमा तथा कार्यान्वयन गरिनेछ। लैङ्गीक उत्तरदायी बजेट प्रणाली लागू गर्ने प्रयास,सहभागितामूलक योजना तर्जुमा प्रक्रियामा महिला,अपांगता भएका व्यक्तिहरू,यौनिक तथा लैंगिक अल्पसंख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदाय,बालबालिकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने जनाएको छ।
लघु उद्यम तर्फ ब्यबसायायिक सीप विकास मार्फत् पहिचान भएका उद्यमीहरुलाई प्राविधिक सहयोग तथा उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरी सीप विकास तालिम र प्रविधि हस्तान्तरण,गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत उद्यमीको स्तरोन्नती,आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रमहरु संचालन,अति विपन्न परिवारका सदस्यहरुलाई सिपमुलक तालिम उपलब्ध गराई स्वरोजगारमा आबद्ध गरिने,हाल सम्म सिप विकास तालिम लिएका उद्यमिहरुको तथ्याक संकलन गरी प्रोफाइल तयार गरिने पालिका अन्तरगत सबै बडाहरुमा उद्यमहरुको संभाव्यता अध्ययन गरीने,उद्यमीहरुले उत्पादन गरेका उत्पादीत सामाग्रीको बजारीकरणमा गाउँपालिकाले सहजिकरण गरिने गाउँपालिकाको योजना छ।
स्वास्थ्य तर्फ गाउँपालिका आधारभूत अस्पताल निर्माणको लागि सम्पन डि.पि.आर. बमोजिम आगामी आ.व. २०८२/८३ संघीय सरकारको सहयोगमा अस्पतालको भवन निर्माण कार्यको लागि पहल गरिने, स्वास्थ्य संस्थाहरुलाई बाल किशोर-किशोरी,अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री संस्थाको रुपमा विकास गर्नुका साथै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा आवश्यक औषधि तथा औजार उपकरणहरूको व्यवस्थापन सहित स्वास्थ्य सेवा प्रदान गरिनेछ,सम्पूर्ण वडाका दुर्गम,अपायक टोलबस्ति तथा स्वास्थ्य सेवाको पहुँच र उपभोग कम भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मी,विशेषज्ञ चिकित्सक समेतको सहभागितामा स्वास्थ्य परामर्श स्वास्थ्य क्लिनिक संचालन गरी महामारी जन्य सरुवा तथा क्षयरोग,एच.आई.भि. प्रचाजन्य, सुगर, उत्चरक्तचाप, मुटु मृगौला, क्यान्सर (स्तन, पाठेघरको मुख लगायत नमर्ने दीर्घरोगहरूको स्किनिड़ समेत समयमै सम्बन्धित अस्पतालसम्म प्रेषणको व्यवस्था गरिने,दीर्घरोग स्वास्थ्य उपचार सहायता र विपन्न असहाय उपचार सहायता कार्यकम वास्तविक पिडितलाई राहत हुने गरि व्यवस्था गरिने जनाएको छ।
नीति तथा कार्यक्रमको बन तथा वातावरण तर्फ वन क्षेत्रको वैज्ञानिक एवं दिगो वस्थापनका लागी वन परियोजना मार्फत सार्वजनिक तथा निजी वन कार्यक्रमलाई प्रभावकारी सञ्चालन गरिने,बायोइन्जिनियरिङलाई अनिवार्य गर्दै बहुउपयोगी वक्षारोपण गर्ने जीवन र वन कार्यक्रम गाउँ गाउँमा प्रवर्द्धन गरिने,बनमा आधारित उद्यमहरुको विकासको क्षमता विकास र सिपमुलक तालिम प्रदान गरिनेछ। वृक्षारो कार्यक्रम,पानीका मुहान संरक्षण लगाएतका कार्यहरु संचालन गरिने,विषद व्यवस्थापनमा युवा स्वयसेवक परिचालन,विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निमार्ण/अध्यावधिक डढेलो नियन्त्रण कार्ययोजनाहरुलाई निर्माण गरी कार्यान्वयन गरिने,विपद्मा हुन सक्ने लैङ्गिक हिंसालाई ध्यानमा राखेर सचेतनामूलक सन्देश, सूचना सामग्रीहरु सम्प्रेषण गरिने, विषदमा लैङ्गिक समानता, समावेशीकरण र अपाङ्गता भएका व्यक्तिको संरक्षण, निजी आवास पुननिर्माणोपना रावत तथा बोखिम उत्थानशिल सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिने उल्लेख छ।
त्यसै गरी अनुगमन समिति र न्यायिक समितिकाे संयोजक तथा उपाध्यक्ष बसन्ता खड्काले वार्षिक प्रतिवेदन,लेखा समितिकाे प्रतिबेदन संयोजक मिन्टु कुमार गुरूङ,याेजना तथा शुसासन समितिकाे संयोजक नम बहादुर उलुङ्गेले शुसासन समितीको प्रतिबेदन,विधायन समितिकाे संयोजक बेद बहादुर पुनले विधायन सम्बन्धि प्रतिबेदन,पुर्बाधार विकास समिति संयाेजक चिन्त सोमै मगरले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ पेश गर्नुभएको थियो।
सभा सदस्य चिन्त साेमै मगर,माेहमद हलिम हलुवाई,नर बहादुर घर्ती,आशा विश्वकर्मा र रुद्र लाल पन्थी ले सभा सफलताको शुभकामना दिनुभएको थियो।२०८२ असार १० गते आगामी बर्षकाे बजेट प्रस्तुत हुने पालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्