सिता बि.क
प्युठान,लघु उद्यमको बिकास र बिस्तार गर्ने उद्यमि तथा सरोकारवाला बिच लघु कर्जामा पहुँच तथा बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।गरिबी निवारणका लघु उद्यम बिकास कार्यक्रम मेड्पा मार्फत आर्थिक बर्ष ०८१/०८२ मा सृजना गरिएका नयाँ उद्यमि लक्षित गरि उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
सीप तथा प्रविधि भएका उद्यमीहरूले उत्पादित वस्तुको माग तथा बजार विस्तार गर्नका लागि सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो।
उहाँका अनुसार गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा कार्यक्रम अन्तर्गत सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरेका उद्यमीहरूलाई बजारीकरणका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा लघुउद्यमीले निर्माण गरेको सामान कति र कसरी बिक्री गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्युठान नगरपालिका नगर उप-प्रमुख देवेन्द्र वर्माले लघुउद्यमीहरूलाई उद्यम स्थापना गरि उद्यमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
त्यस्तै नगर प्रवक्ता तथा आर्थिक बिकास समितिका संयोजक सुमनराज श्रेष्ठले आफ्नो व्यवसाय गर्दा पहिले सम्भाव्यता अध्ययन गरी व्यवसाय सुरु गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम लागू भएका सिलाई कटाई लघुउद्यमी, बुटिक लगायतका उद्यमी,व्यवसायी र सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
१० जना लघु उद्यमी सम्मानित
यसै बिच प्युठान नगरपालिकाले नगर भित्रका उत्कृष्ट १० उद्यमीलाई सम्मान गरेको छ। प्युठान नगरपालिका नगर प्रवक्ता सुमन राज श्रेष्ठले आर्थिक वर्ष ०८१/०८२ मा सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई नगर भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने १० जना उद्यमी पुरस्कृत गरिएको जानकारी दिनुभयो।
न्यून साधन श्रोतका बावजुद पनि राम्रोसँग उद्योग सञ्चालन गरेर आफूलाई सफल उद्यमी बनाउन सफल व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा नगर उप- प्रमुख देबेन्द्र बर्माले प्रत्येक उद्यमीलाई २० हजार हजार नगद र सम्मानपत्र प्रदान गर्नुभयो।
पुरस्कृत हुने हरुमा मनि बिष्णु बुटिक ट्रेनिङ सेन्टर वुटिक,मनि रोका मगर, इप्सन टेलरिङ सेन्टर,प्यूठान न.पा. ४-टारी इन्द्रा गुरुङ,स्वर्गद्वारी संझना अर्गानिक सेन्टर-प्यूठान न.पा. १०-मरन्ठाना,संगिता गिरी,अर्गानिक खाद्य वस्तु,जीवा सिलाइ कटाइ सेन्टर-प्यूठान न.पा. ९ मरन्ठाना-जिवा सुनार,उन्नति कृषि फर्म प्यूठान न.पा. ८ -वागदुला,पुतलीकुमारी कुवर-कृषि उत्पादन,सुविक्षा डेरी उद्योग-प्यूठान न.पा. २ -क्वाडी,डिल बहादुर धामी,सुप्रिया सिरक डसेना उद्योग,प्यूठान न.पा. ७ पुण्यखोला,प्रदिप के.सी.,सहमी कृषि तथा पशुपंछी फर्म प्यूठान न.पा. ९ आँपपाटा-मन बहादुर विष्ट कृषि-फुर्के सल्ला बाख्रापालन फर्म-प्यूठान न.पा. ९ वाख्रा खसी बोका उत्पादन फर्म -कृष्ण अधिकारी क्षेत्री र भाग्यरेखा ग्रार्मेन्ट उद्योग -प्यूठान न.पा. ८ सुर्यनगर-रेखा वस्याल रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्