प्रवक्ता श्रेष्ठको सामाजिक उत्तरदायित्व : ब्रह्माकुमारी संस्थालाई प्रिन्टर सहयोग

प्रवक्ता श्रेष्ठको सामाजिक उत्तरदायित्व : ब्रह्माकुमारी संस्थालाई प्रिन्टर सहयोग

सिता बि.क
प्युठान,समाजसेवामा सदैव अग्रसर प्युठान नगरपालिकाका प्रवक्ता तथा वडा नं.३ का अध्यक्ष सुमनराज श्रेष्ठले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र,प्युठान शाखालाई सहयोग स्वरुप प्रिन्टर प्रदान गर्नुभएको छ।
उहाँले संस्थाको प्रशासनिक  कार्यलाई अझ सहज बनाउने उद्देश्यले एक सेट प्रिन्टर सहयोग स्वरूप हस्तान्तरण गर्नुभएको हो।

तस्बिर : प्रिन्टर हस्तान्तरण गर्दै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ 


सामाजिक उत्तरदायित्व र सहयोगी भावनाले नै समाज परिवर्तन सम्भव हुन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण प्रवक्ता श्रेष्ठले पुनः एक पटक प्रस्तुत गर्नुभएको छ।प्रिन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सामाजिक सेवामा सक्रिय संस्थाहरूसँग सहकार्य गर्न पाउँदा आफू सधैं तयार रहेको बताउँदै भन्नुभयो,"सामाजिक उत्तरदायित्व र सहयोगी भावना नै समाज परिवर्तनको प्रमुख आधार हुन्। जुनसुकै क्षेत्र वा तहमा रहेर पनि समाजका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो। यसै भावना अनुरूप मैले सानो सहयोग गर्न पाएकोमा खुशि लागेको छ।"

प्रिन्टर ग्रहण गर्नुहुदै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय,प्युठान शाखाकी प्रमुख भवानी भट्टराईले सहयोगप्रति खुशी व्यक्त गर्दै भन्नुभयो,"हामीजस्ता सेवा केन्द्रहरूलाई स्थानीय तहका प्रतिनिधिहरूबाट यस्ता सहयोग प्राप्त हुनु निकै उत्साहजनक कुरा हो। यो प्रिन्टरले हाम्रो कार्यमा दैनिक प्रयोगमा सहजता ल्याउनेछ। उहाँले भन्नुभयो,"उहाँको समाजसेवाप्रतिको लगाव प्रेरणादायक छ,हामी उहाँप्रति कृतज्ञ छौं।"
प्रवक्ता श्रेष्ठको यो कार्यले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने एक उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ,जसले भविष्यमा अन्य प्रतिनिधिहरू तथा नागरिकलाई पनि समाजसेवातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।साथै प्रवक्ता श्रेष्ठको यो सहयोगले संस्थाको दैनिक कार्य सञ्चालनमा  सहजता ल्याउने विश्वास गरिएको छ।कार्यक्रममा संस्थाका सदस्यहरू,स्थानीय अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो।सहभागीहरूले प्रवक्ता श्रेष्ठको सहयोगी भावना र सामाजिक उत्तरदायित्वप्रतिको लगावको उच्च प्रशंसा गर्दै अन्य जनप्रतिनिधिहरूलाई पनि यस्ता कार्यमा सक्रिय हुन प्रेरणा मिल्ने धारणा राख्नुभएको थियो।
उक्त संस्थाले मानिसको आन्तरिक परिवर्तन मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले जिल्लामा विभिन्न प्रकारका आध्यात्मिक,सामाजिक,शैक्षिक र नैतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।