सिन्धुली। सुनकोसी नदीले बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्लाको फिक्कल गाउँपालिकामा पर्ने कुइभिर भन्ने स्थानबाट दुई जनालाई सुनकोसी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। नदीले बगाई बेपत्ता हुनेमा सुर्खेतका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्री रहेका छन। पौडी खेल्ने क्रममा उनीहरुलाई सुनकोसी नदीले बेपत्ता बनाएको प्रहरीले जनाएको छ।उनीहरु अहिले फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्री रूपमा काम गर्दथे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको छ ।
Tags :
सम्बन्धित खवर
सिल गरिएको अस्पतालबाट पिसिआर बिनै घर
५ वर्ष अगाडि
मनकारी घरबेटि: जस्ले लकडाउनको घरभाडा छुट गरिदिए
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्