भित्रीकोट दौड प्रतियोगितामा बझाङ्गका करण रावल प्रथम

प्युठान,प्युठानमा सम्पन्न भित्रिको दौड प्रतियोगितामा बझाङका करण रावल प्रथम भएका छन्।भित्रीकोट दौड तथा सास्कृतिक कार्यक्रममा रावल प्रथम भएका हुन्।
द्वितीय र तृतीय नौबहिनी गाउँपालिका १ स्याउलीबाङ्गका एकै घरका दुई दाजुभाई क्रमशःरेम बुढा र दामोदर बुढा भएका छ्न। त्यस्तै सान्त्वना जीवन नेपाली भएका हुन्। प्रथम,दितिय,तृतीय लाई क्रमशः १५ हजार १० हजार र ५ हजार  रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
७ किलोमीटर प्रतियोगितामा ४३ जना सहभागी रहेको सस्थाका सचीव जानका के सि ले जानकारी दिइन् ।महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थलभित्रीकोटसम्म ७ किलोमिटर दौड प्रतियोगिता गत बर्ष देखि थालिएको उक्त दौडलाई यस बर्ष पनि निरन्तरता दिएको हो ।
अहिले दौड प्रतियोगितासंगै स्थानीय कला संस्कृतिको महत्व झल्काउने सोरठी,मारुनी तथा अन्य बिशेषता सहितका नृत्यका साथै दशैं बिशेष साँस्कृतिक कार्यक्रम सन्चालन भईरहेको आयोजकले जनाएको छ।