महिलालाई स्वरोजगार बनाउँदै प्युठान नगरपालिका, एकै दिन विभिन्न सिपमुलक तालिम समापन  

महिलालाई स्वरोजगार बनाउँदै प्युठान नगरपालिका, एकै दिन विभिन्न सिपमुलक तालिम समापन  

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाको आयोजनामा संचालित १ महिने बुटिक,सिलाई मोबाइल मर्मत सम्बन्धि सीप बिकास तालिम सम्पन्न भएको छ। प्युठान नगरपालिका ६ माझकोटमा बुटिक र सिलाई कटाई सीप बिकास तालिम र वडा नम्बर ८ बाग्दुलामा मोबाइल मर्मत सम्बन्धि सीप बिकास तालिमको सम्पन्न भएको हो।त्यस्तै नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)द्वारा पुराना लघु उद्यमीहरुलाई स्तरउन्नोति गरि व्यवसाय विस्तार तथा गुणस्तरीय वस्तु उत्पादन गर्न दक्ष बनाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडामा बुटिक सम्बन्धि पुर्नताजगी सीप बिकास तालिम सम्पन्न भएको उद्यम बिकास शारदा बिश्वकर्माले जानकारी दिनुभयो।प्युठान नगरपालिका वडा नम्बर ६ माझकोटमा बुटिक सम्बन्धि सीप विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्युठान नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि.सि ले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर सदुपयोग गरी उद्यममा जोडिएर आत्मनिर्भर बन्ने प्रयत्नमा लाग्न आग्रह गर्नुभयो।समापन समारोहमा प्युठान नगरपालिका वडा नम्बर ६ का वडा सदस्य इमानसिह पुन,दुर्गा पुन मगर,धर्मावती माबी लम्छ्याङ्गका प्र.अ पुष्पलाल पुन मगर लगायतले आगामी दिनहरुमा पनि यस्तै खाले तालिमहरुको आयोजना गर्दै तालिमको सहि सदुपयोग गर्दै समाजलाई उद्यमको दिशा तर्फ उन्मुख गराउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो।
त्यस्तै तालिमका प्रशिक्षक बालिका बराल थापाले प्रशिक्षार्थीहरुलाई आफुहरुले सिकेका सिपलाई आफुभित्र सिमित नराख्न आग्रह गर्नुभएको छ।तालिमका प्रशिक्षार्थीहरुले पनि अब आफूले व्यवसायिक ढंगले बुटिक सञ्चालन गर्ने लक्ष्य बनाएको बताउदै व्यबसायीहरुलाई आफ्नो व्यवसाय सुदृढिकरण गर्न र अन्यलाई व्यवसाय सुरु गर्ने हौसला प्राप्त भएको बताउनुभएको छ।