प्यूठान,नेकपा (एमाले) प्यूठानले गणतन्त्र दिवसको अवसरमा अपांगता भएका बालबालिकालाई स्टेसनरी सामाग्री बितरण गरेको छ।शारीरिक अपांगता आवास गृह खलंगामा रहेका बालबालिकालाई स्टेसनरी सामाग्री बितरण गरेको हो।
कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टले अहिलेको ब्यबस्थाले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको बताउनुभयो।तानाशाही राजतन्त्रको अन्त्यपछि प्राप्त गणतन्त्रमा सबै नागरिकको हक अधिकार संविधानमा सुनिस्चित भएको उल्लेख गर्नुभयो ।
सामाजिक कार्य प्रति अरुलाई उत्प्रेरित गर्नका लागि एमालेले अपांगता भएका बालबालिकालाई सहयोग उपलब्ध गराएको बताउनुभयो ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा एमाले प्यूठानका उप-सचिब ईश्वरा आचार्यले गर्नुभएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्