सीता बि.क
प्युठान,हंसपुरमा १ महिने सिलाई कटाई तालिम सुरु भएको छ।बेरोजगार लाई स्वरोजगार बनाउने उद्देश्यले सरुमारानी गाउँपालिका आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत एक कार्यक्रम बिच सोमबार कोटघर डाडामा तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाघटन गर्दै सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मर्स्याङ्गिले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले १ महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो।मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने वडा अध्यक्ष मर्स्याङ्गिको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँले बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य खलिम मिया ले सहभागिहरु आफैले छानेको तालिम भएकोले स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक शुक्र परियारले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
वडा नं.३ का वडा अध्यक्ष भिम बहादुर मर्स्याङ्गिको अध्यक्षतामा भएको कार्यक्रमम स्वागत मन्तव्य वडा सदस्य मनिसा गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्