राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाको १६ औं नगरसभाले दलित शसक्तिकरण ऐन र प्युठान नगरपालिकाको शिक्षा ऐन (पहिलो संशोधन) पारित गरेको छ ।
नगरसभाबाट ऐन पारित भएसँगै प्युठान जिल्लामा उक्त ऐन पारित गर्ने स्थानीय तह मध्ये पहिलो भएको छ।नगरसभामा आर्थिक बिकास समिति संयोजक तथा नगर प्रबक्ता सुमन श्रेष्ठले दलित सशक्तीकरण ऐन -२०८० सभामा पेस गर्नुभएको थियो।कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था,प्राविधिक तथा व्यवसायिक उच्च शिक्षामा उत्कृष्ठ तथा न्यून आर्थिक अवस्था भएका विद्यार्थीलाई ७५ देखि सत प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिने ऐनमा उल्लेख छ।
नगर प्रबक्ता श्रेष्ठले नगरपालिका क्षेत्रका दलितहरू सामाजिक,आर्थिक,सामाजिक रूपले पछाडि रहेकाले सशक्तीकरण गर्न नगरले बनाएको ऐन कार्यान्वयनका लागि मात्र नभई दलितका लागि योजनाबद्ध ढंगले काम गर्न ऐन निर्माण गरिएको बताउनुभयो ।स्थानिय तह मार्फत सामाजिक न्याय तथा समावेशीकरणको समस्या तथा चुनौती समाधान गर्न विभिन्न व्यवस्था गर्न आवश्यक देखिएकोले दलित शसक्तिकरण विधेयक २०८० पारित गरेको बताउदै प्रबक्ता श्रेष्ठले यसको कार्यन्वयनका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो।जिल्लाका नौ स्थानीय तह मध्ये प्युठान नगरपालिका बाहेक अन्य स्थानीय तहले ऐन निर्माणको सवालमा चासो नदेखाउनु दलितहरूलाई भोटबैंकको रूपमा मात्र हेरिएको दलित अधिकारकर्मी बताउँछन। त्यसैगरी सामाजिक बिकास समितिका संयोजक तथा प्युठान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरेन्द्र पुनले शिक्षा ऐन २०७४ संशोधन पेस गर्नुभएको थियो।त्यस्तै नगर सभामा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक देबेन्द्र बर्माले चालू आर्थिक बर्षको हाल सम्मको आर्थिक तथा प्रगति विवरण,आर्थिक ऐन २०८०/०८१ का संसोधन थपघट सम्बन्धि बिधेयक र आ. ब. २०८०/०८१ का योजना कार्यक्रम संशोधन तथा थपघट सम्बन्धि विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा भएको सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्