११ वर्ष शिक्षण पेशामा संलग्न बाल बिध्या माविका शिक्षिका स्व.गिरीको निधनमा शोक विदा

११ वर्ष शिक्षण पेशामा संलग्न बाल बिध्या माविका शिक्षिका स्व.गिरीको निधनमा शोक विदा

राम बहादुर बिश्वकर्मा
प्युठान,बाल बिध्या माध्यमिक बिध्यालय मरन्ठानाले बिध्यालयका शिक्षिका दिवङ्गत गिता गिरीको स्मृतिमा शोक सभा आयोजना गरेको छ।
बिध्यालयले बुधबार बिहान १० बजे बिध्यालयको प्राङ्गणमा गिरीको स्वर्गारोहण प्रती दुख व्यक्त गर्दै पठनपाठन बन्द गर्दै शोक सभा गरेको हो।
प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के.सि  शिक्षक शिक्षिकाहरुसंगै बिद्यार्थीहरु सहभागी रहेको सो कार्यक्रममा स्वर्गिय गिरीको शैक्षिक तथा सामाजिक योगदानहरुको स्मरण गरिएको थियो। कार्यक्रममा मृतक प्रति शोक प्रस्ताव पारित गर्दै बिध्यालयको पठनपाठन तथा सम्पुर्ण गतिविधि स्थगित सहित मृतकको स्मरणमा एक मिनेट मौनधारण गरि परिवारजन प्रति समवेदना प्रकट गरिएको थियो ।
शोक सभामा विद्यालयका प्रधानाध्यापक केशु गिरीले निकै भद्र शालीन र पेशाप्रति पूर्ण समर्पित गिरीसँग  काम गरेको स्मरण गर्दै उहाँको निधनले विद्यालय र समाजलाई ठूलो क्षति पुगेको बताउँदै गिरी परिवारले शिक्षा प्रति पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो।त्यस्तै प्युठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास के.सि ले बाल बिध्या माध्यामिक बिध्यालयको शिक्षण पेशामा संलग्न अत्यन्तै मृदुभाषी शिक्षिका तथा बौद्धिक धरोहर गुमाउँदा असहय पीडा भएको बताउँदै शोकलाई शक्तिमा बदल्न समेत मृतक परिबारलाई आग्रह गर्नुभयो। झिमरुक गाउँपालिका - ६ दहखोला स्थायी घर रहेको स्वर्गिय गिरी २०७१ साल देखि बिध्यालयमा प्रा.बि तह तृतीय श्रेणी स्थायी शिक्षिकाको रुपमा सेवारत हुनुहुन्थ्यो।  त्यस्तै स्वर्गिय गिरीको १ छोरा र १ छोरी रहेका छन। 
फोक्सोको क्यान्सरबाट पीडित ४८ बर्षिय गिरीको जेष्ठ  ७ गते बिहान ५ बजे अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
दाहसंस्कार घटनास्थल काठमाडौमा गरिएपनी सामाजिक रुपमा गरिने कर्मकाण्ड आफ्ने घर दहखोलामै गरिने परिबार स्रोतले जनाएको छ।