काठमाडौं,यहीँ वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउदै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा सारेर बैशाख २१ देखि गर्ने भएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताउनुभयो।
त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन दिनुभएको थियो।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को ११ गतेदेखि हुने परीक्षा अन्योलमा थियो । कक्षा १२ का साढे ५ लाख विद्यार्थी परीक्षा हुने नहुने अन्योलले थिए।
Tags :
सम्बन्धित खवर
देउखुरी क्याम्पसमा वर्कसप सेमिनार सम्पन्न
११ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्