अनुसन्धानमा अब्बल डिएसपी इश्वर थापाको सक्रियतामा : प्युठानमा अनौठा अपराधहरुको प्रभावकारी अनुसन्धान

अनुसन्धानमा अब्बल डिएसपी इश्वर थापाको सक्रियतामा : प्युठानमा अनौठा अपराधहरुको प्रभावकारी अनुसन्धान

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रहरीप्रति जनबिश्वास कम हुँदै गएका बेला प्युठानका डिएसपी भने जनताको भरोसाको केन्द्र बन्न सफल भएका छन।जिल्ला प्रहरी कार्यलय प्युठानको नेतृत्व सम्हाल्न आएका डिएसपी  इश्वर थापा यतिबेला कुशल अनुसन्धानवाट चर्चाको पात्र बनेका छन ।
मिलनसार स्वभावका थापाको काम गर्ने शैली पुराना डिएसपी भन्दा फरक र चुस्तदुरुस्त भएपछि उनीप्रति जनताको भरोसा जागेको छ ।
नेपाल प्रहरीमा समेत अब्बल ठहरिएका डीएसपी अनुसन्धानको क्षेत्रमा सँधै अगाडि छन्।जसका कारण नेपाल प्रहरी र समाजमा उनको छवि बेग्लै रहेको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम,विभिन्न अपराध अनुसन्धान लगायतका घटनामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल उनी त्यसपछि जनताको नजरमा पर्न सफल भएका हुन।
बिहिबार पोखराबाट चोरी गरि ल्याएको स्कुटर सहित व्यक्ति प्यूठानमा पक्राउ गरेर उनले एउटा जादु देखाए।
जव बिहिवार एकाबिहानै गस्तिको क्रममा माण्डवी गाउँपालिका-३ जसपुर स्थित मोटरसाईकल वर्क सपमा प्रदेश बाहिरको नम्बर प्लेट देखेपछि  शंका लागेर सोधपुछ गर्दा नौबहिनी गाउँपालिका-७ गोगनपानी बस्ने ३६ वर्षीय रेकम बुढाथोकीले पोखराबाट चोरी गरि ल्याएको खुल्न आएकोले  स्कुटर सहित तत्काल पक्राउ गरी आवशयक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएपछि त्यसपछि उनको चर्चा थप चुलियो ।
यी लगायत दर्जनौ काण्डमा उनले गरेका सफल अनुसन्धान र भुमिका तारिफयोग्य रहेको स्थानीय बताउँछन ।

एकै बर्षमा कर्तव्य ज्यान ७ र बाल बिबाह ४ मुद्धा दर्ता

यो आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका अपराधका १ सय ७० घटनाका मुद्धा दर्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी थापाका अनुसार कर्तव्य ज्यान मुद्दा  ७,बाल बिबाह ४ रहेका छन।कार्यालयको तथ्यांकअनुसार  बिगत ४ बर्षमा २ वटा बाल बिबाह सम्बन्धि मुद्दा दर्ता तर अहिले १ बर्षमै ४ बाल बिबाह मुद्दा दर्ता भएका छन्।
सामान्य किसिमका मुद्दामा झैझगडा,कुटपिट लगायतका घटनाहरु पर्ने गर्दछन्।पछिल्लो समय प्रहरीको सक्रियता बढी भएका कारण घटनाहरु सार्वजनिक हुने क्रम पनि बढेको उहाँले बताउनुभयो। यस्ता अपराधका घटना न्यूनीकरण गर्न नागरिक सचेतना आवश्यक भएको डिएसपी थापाको भनाई छ।