प्रधानाध्यापक संघ प्युठानको अध्यक्षमा इन्द्रमणि पोख्रेल 

 राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्ला अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान) गठन भएको छ।
शनिबार बाग्दुलामा भएको पहिलो भेलाले आगामी तीन वर्षका लागि अध्यक्ष इन्द्रमणि पोख्रेल रहेको २५ सदस्यीय नयाँ समिति गठन गरेको हो।अध्यक्ष पोख्रेल जनता मा बि बाग्दुलाका प्रध्यानाध्यापक हुनुहुन्छ।
समितिको उपाध्यक्षमा कल्पना थापा,सचिब अमृत के  सी,स सचिब बसन्ता गिरी,काेषाध्यक्ष श्याम विष्ट रहेका छ्न।

तस्बिर :प्रधानाध्यापक संघ प्युठानको प्रथम भेलाबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमितीको टिम


त्यस्तै  सदस्यहरु दामाेदर विष्ट,कृष्ण विक्रम शाह,मिना गिरी,केशु गिरी,ऋषिराम पाेख्रेल,बाल बहादुर  खड्का,शाेभा श्रेष्ठ,देवेन्द्र पाेख्रेल,गिरिजा पुलामी,शान्ता पाेख्रेल,नुज वहादुर के सी,विष्णु पाैडेल छन् ।
देशभरका प्रधानाध्यापकहरूको भेलाले गएको फागुनमा सुदामप्रसाद गौतमको अध्यक्षतामा पान गठन गरेको थियो। त्यही अन्तर्गत प्युठान जिल्लामा समिति बनाएको नव निर्वाचित अध्यक्ष इन्द्रमणि पोख्रेलले बताउनुभयो। 
पोख्रेलका अनुसार यो संस्था गैरराजनीतिक र गैरनाफामूलक संस्था भएको भएको र यसले जिल्लाभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई संगठित गरी ज्ञान,सीप र क्षमता अभिबृद्धि गर्दै पेशागत रुपमा आइपर्ने समस्या र समाधानका लागि अनुभव र असल अभ्यासको आदानप्रदान सामुदायिक शिक्षाको सबलीकरण, जवाफदेहिता, शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी समूह निर्माण, समन्वय र सञ्चार सीपको विकास गर्ने यसको उद्देश्य छ।कार्यक्रमका प्रमुख अतिथी धर्म जि सि ले प्यान प्रध्यानाध्यापकहरुको साझा र एक बलियो संस्थाको रुपमा स्थापित होस् भन्ने कामना गर्नुभयो।
त्यस्तै प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले सबल र सक्षम प्रधानाध्यापकहरूले मात्र गतिलो विद्यालय बनाउन सक्ने बताउनुभयो। 

आफुलाई अब्बल नेतृत्वको रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धि गर्न उक्त संस्था आवश्यक रहेको बताउदै उहाँले आफ्नो पेशालाई मर्यादित बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै प्रधानाध्यापकहरुलाई जुट्न आग्रह गर्नुभयो । 
पान एउटा गैर राजनैतिक विशुद्ध पेशागत संस्था रहेकाले निरन्तर विद्यालय सुधारमा विद्यालयका प्रधानाध्यापकको पेशागत,शैक्षिक,प्राज्ञिक विकासका लागि पान सबै खाले विद्यालयको कार्यसम्पादन र प्रधानाध्यापकको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी संस्था रहेको उपमेयर वर्माको भनाइ छ।
भेलाको बिशिस्ट अतिथि समेत रहेका उहाँले सामुदायिक विद्यालयको गुणस्तरीय सबलीकरणका लागि नगरपालिका स्तरीय शिक्षा सम्बन्धि ऐन निर्माण भैसकेको जानकारी समेत दिनुभयो।
जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दुर्गा खडकाले विद्यालयहरुमा भैइरहेका असल अभ्यासहरु एक आपसमा आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
साथै प्राधानाध्यापकहरुले भोग्नु पर्ने समस्या समाधानका लागि एकतावद्ध हुनु राम्रो संकेत भएको कुरा समेत बताउनुभयो। कार्यक्रममा प्रधानाध्यापक संघ लुम्बिनी प्रदेश सदस्य सृजना पण्डितले संघ गठन हुनुको औचित्यको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।भने कार्यक्रमको सन्चालन महेन्द्र मा बि खलंगाका प्रध्यानाध्यापक बिष्णु पौडेलले गर्नुभएको थियो।