राम बहादुर बिश्वकर्मा
प्युठान,प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को २२ औं स्मृति दिवस आइतबार बिजुवारमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ।
माओवादी सम्बद्ध पत्रकार सङ्गठन प्रेस सेन्टर नेपाल प्युठान शाखाको आयोजनामा जुम्री स्थित सहिद स्मृति सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
भारतको देहरादूनमा जन्मिएका इच्छुक सशस्त्र युद्धकालमा राज्यपक्षबाट मारिएका थिए। समाचार लेखेकै कारण पक्राउ परेका इच्छुकको २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेकै बेला मृत्यु भएको थियो । इच्छुकको स्मृतिमा आयोजित कार्यक्रममा वक्ताहरूले इच्छुकलाई प्रखर राजनीतिक चेतनाका साथ निर्भिक रुपमा जनताको पक्षमा कलम चलाउने लेखकका रुपमा स्मरण गरे।
इच्छुकलाई सम्झिदैँ माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिब कृष्ण अधिकारी प्रकाश ले परिवर्तनको निम्ति जनताको पक्षमा लेख्दा लेख्दै जीवन उत्सर्ग गरेका इच्छुकको सपना देश गणतन्त्रकालमा आइपुग्दा समेत वास्तविक अर्थमा पुरा हुन नसकेको उनले टिप्पणी गरे ।
विचारमा दृढ तर व्यवहारमा लचकदार र लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएको योगदानलाई सदैब स्मरण गर्नुपर्ने अधिकारीको धारणा थियो।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित माओबादी केन्द्रका केन्द्रिय सदस्य सरस्वती न्यौपानेले नेपाल तथा विश्वमा अविरल रूपले चल्दै आएको वर्ग सङघर्ष र राजनीतिक आन्दोलनको निरन्तरतासँग भौतिक र भावनात्मक रूपले जोडिएर नै इच्छुकको वैचारिक एवम् साङ्गठनिक क्रियाकलाप अघि बढेको बताइन् ।
नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष संजय रिजालले स्वर्गीय कृष्ण सेनले मिसन पत्रकारिताको क्षेत्रमा निर्भीक ढङ्गले समाचार सम्प्रेषण गर्ने पात्रको रुपमा परिचीत भएकाले उनको इतिहास अध्ययन गरेर सोही बाटोमा लाग्न उत्पेरित हुनुपर्ने बताए।
इच्छुकको स्मृतिमा आयोजित उक्त कार्यक्रममा माओबादी केन्द्र प्युठानका निबर्तमान संयोजक नवराज अधिकारी,माओबादी केन्द्र प्युठानका संयोजक यज्ञ बहादुर के सि (प्रभात), नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य सुशील पोख्रेल ,प्रेस सेन्टर लुम्बिनी प्रदेशका सदस्य प्रकाश बैद्द,प्रेस चौतारी नेपाल प्युठानका सचिब राम बहादुर बिश्वकर्मा,प्रेस युनियन प्युठानका सदस्य बिमल प्रसाद पोख्रेल ,प्रगतिशील पत्रकार संघका प्युठानका अध्यक्ष प्रज्वल पहाडी लगायत उपस्थिति रहेको थियो।
प्रेस सेन्टर नेपाल प्युठानका अध्यक्ष टिकाराम पोख्रेलको अध्यक्षता,उपाध्यक्ष यादव पौडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन शसिधर भण्डारीले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्