राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा किशोरीलाई आत्मरक्षा तालिम दिएको छ। बालबालिकामा हुने विभिन्न हिंसा न्यूनीकरण गर्न र अपराधजन्य गतिविधिबाट आफूलाई जोगाउन सरुमारानी गाउँपालिका स्थित सरस्वती नमुना माध्यमिक बिध्यालय बाङ्गेशालका २५ जना किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ।
सामाजिक डिभिजन कार्यालय बिजुवार प्युठानले समाजमा हुने शारिरीक,मानसिक,भावनात्मक,यौनजन्य लगायत हिंसाको विरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई बिध्यालयमा पुगेर कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोर किशोरीहरुलाई आत्म रक्षा तालिम सुरु गरेको हो।
तालिमको उद्घाटन गर्दै सामाजिक डिभिजन कार्यालय प्युठानका प्रमुख पुन्यप्रसाद न्यौपानेले पछिल्लो समय यता बालबालिकाहरु माथिहुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न,किशोरीहरूको डर हटाई आत्मविश्वासी बन्न,कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिम निकै उपयोगी रहेको बताउनुभयो।
तालिमले किशोरीहरुमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने बताउनुभयो। किशोरी तथा बालबालिकाहरुको हक,अधिकार,कानुनले दिएको अधिकार प्राप्त गरे,नगरेको र व्यक्तित्व तथा नेतृत्व विकास गर्नेगरी तालिमको आयोजना गरिएको उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्