देउखुरी क्याम्पसमा वर्कसप सेमिनार सम्पन्न

राम बहादुर बिश्वकर्मा 
दाङ्ग,देउखुरी बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकाय शैक्षिक योजना तथा बिभाग अन्तर्गत ED.PM542 विषयको आंशिक पाठ्यभार पुरा गर्नका लागि एक दिने सेमिनार सम्पन्न भएको छ ।
बुधबार क्याम्पसको सभाहलमा इपिएम चौथो सेमिस्टर समुहका विद्यार्थीको आयोजनामा सेमिनार सम्पन्न भएको हाे ।
"चमेना गृहले शिक्षण सिकाईमा पारेको प्रभाव" भन्ने विषयबस्तुमा कार्यपत्र प्रस्तुत गरि छलफल भएको थियो। विद्यार्थी इन्दिरा के.सि को अध्यक्षता र क्याम्पस प्रमुख शिव वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।इपिएम तर्फका सम्पुर्ण विद्यार्थीहरुका साथै बीएड तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा सेमिनारमा अनुसन्धान क्षेत्रमा ठुलो योगदान पुर्याइरहेका दिग्गजहरू आन्तरिक सुपरिबेक्षक स्नातकोत्तर कार्यक्रम संयोजक तेज बहादुर कुवर,भाषा बिभाग तथा शिक्षा शास्त्र संकाय प्रमुख हरे कृष्ण ज्ञवाली,ब्यबस्थापन संकाय प्रमुख कान्ता प्रसाद चौधरी सुपरिबेक्षण तथा उप प्राध्यापक राम बहादुर के सि,उप प्राध्यापक नारायण भुसाल,उप प्राध्यापक तेज प्रसाद खनाल,उप प्राध्यापक दिपेन्द्र खड्का,स्ववियु उपसभापति मोहम्मद इशा लगायतकोको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख शिव वलिले देउखुरी बहुमुखी क्याम्पस लमहीले विगतदेखी नै शिक्षाको गुणस्तरमा दक्षजनशक्ति उत्पादन गर्दै आएको र यो व्याजले पनि राम्रो नतिजा ल्याएर क्याम्पसको शैक्षिक विकासमा लाग्नु पर्ने भन्दै गरेको अध्ययन अनुसन्धान र अहिले भएको बहस उपयुक्त र सान्दर्भिक भएको बताउनुभएको थियो। बिध्यार्थिले गरेका प्राज्ञिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्य गरी क्याम्पसको समग्र विकासमा टेवा पुराउन सक्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।
विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने र सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्न क्याम्पस सदैव तयार रहेको कुरामा  उहाँले जोड दिनुभयो।
त्यसैगरी आन्तरिक सुपरिबेक्षक स्नातकोत्तर कार्यक्रम संयोजक तथा विभागिय प्रमुख तेज बहादुर कुवरले एपिएम बिभागको यो कार्यक्रम १० पुर्णाङकको भएको र यो सेमिनार गरेर अन्तिममा प्रतिवेदन तयार गरेर मात्र अन्तिम भाईवा हुने बताउनुभयाे।कार्यक्रमको शुभकामना दिँदै विद्यार्थीहरुमा लगनशिलता,मेहनत तथा परिश्रमको कारण मात्र लक्ष्य पूरा हुने कुरामा जोड दिनुभयो। सेमिनार एवं प्रस्तुतिले विद्यार्थीको ज्ञान एवं अन्तर्निहित क्षमताको विकास गर्ने विश्वास रहेको उहाँको भनाई छ।यसैबीच इपिएम चौथो सेमिस्टरका बिध्यार्थिले क्याम्पसलाई मायको चिनोको रुपमा फोटो फ्रेम प्रदान गरिएको थियो। बिध्यार्थी राम बहादुर बि.क को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गोबिन्द बहादुर कुवरले गर्नुभएको थियो।