प्रेस चौतारी प्युठानको अध्यक्षमा पुनः गिरी र उपाध्यक्षमा बिश्वकर्मा सर्वसम्मत चुनिए 

प्रेस चौतारी प्युठानको अध्यक्षमा पुनः गिरी र उपाध्यक्षमा बिश्वकर्मा सर्वसम्मत चुनिए 

सीता बि.क
प्युठान,प्रेस चौतारी नेपाल प्युठान शाखाको अध्यक्ष बासुदेव गिरी निर्विरोध निर्वाचित भएका छन्।
चौतारीको आठौँ जिल्ला अधिवेशनले गिरीलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राम बहादुर बिश्वकर्मा र महिला उपाध्यक्षमा सीता बि.क रहेका छन् ।
त्यसैगरि सचिवमा बोम बहादुर परियार, कोषाध्यक्ष हेमन्त पाठक र सहसचिवमा तेजेन्द्र बिएम र भुवन के.सि रहेका छन् ।
जिल्ला समितिका सदस्यहरुमा दिपेन्द्र सुनार,गोपाल रेग्मी,केदार थापा,नमुना थापा मगर  रहेका छन् । भने आठौँ जिल्ला अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।
जसमा चयन हुने केन्द्रीय प्रतिनिधिहरुमागिरु भण्डारी,सलिम मिया,शिवा रेग्मी र प्रदेश प्रतिनिधिमा शिवा रेग्मी सुजल श्रेष्ठ र स्नेहा के.सि रहेका छन् ।
अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिट ब्युरो सदस्य,जिल्ला पार्टी इन्चार्ज तथा प्रतिनिधि शभा सदस्य सुर्य थापाले गरेका थिए। 
अधिवेशन उद्घाटन गर्दै थापाले प्रेस चौतारी नेपाल सधैँ भरी श्रमजीवी जनताको पक्षमा रहनुपर्ने बताए। 
उक्त अबसरमा थापाले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन्।सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिन आबश्यक छ उनले भने। विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाहरूले नै अहिले नियमनलाई स्वतन्त्रताविरुद्ध भएको तर्क गरिरहेको प्रती अचम्मित छु।"