प्युठान,माण्डवी गाउँपालिका जस्पुर प्यूठानको आयोजनामा आज जनयुद्ध र जनआन्दोलन विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन'को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका नि.वर्तमान मुख्यमन्त्री जोख बहादुर महरा रहनु भएको थियो।अन्तरकृयामा मुख्यमन्त्री महराले जनयुद्धको जगमा जनआन्दोलन भएको र त्यसको परिणाम स्वरुप सविधानसभा,गणतन्त्र र संघीय व्यवस्था आएको बताउनु भयो।तत्कालीन समयमा सामन्त दलालहरुले गणतन्त्र र संविधानसभाको कल्पना समेत नगरेको बताउदै उहाँले अहिलेको परिवर्तन माओवादी आन्दोलनको परिणाम भएको समेत बताउनु भयो । कार्यक्रमा सविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले माओवादी आन्दोलनलाई तत्कालिन राज्यले दमन गरेको र त्यसको प्रतिरोधका लागि जनताहरु जनयुद्धमा लामबद्ध भएको बताउनु भयो साथै अधिकारीले माओवादी र सात राजनैतिक दल विच १२ बुदे सहमति भएको र जनयुद्धलाई अपमान होइन सम्मान गर्ने सबै लाग्नु पर्ने धारणा समेत राख्नु भयो । ४ नं वडा अध्यक्ष डिल बहादु घर्तिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्यूठान जिल्ला संयोजक यज्ञ बहादुर केसी, नौबैहिनी गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष धन बहादुर बुढा,राप्रपाका शान्त बहादुर कार्की,समाजसेवी एवं नयागाउँ गाविसका पूर्व गाविस अध्यक्ष रेशम बहादुर ठेडी लगायतले अन्तरकृयामा बोल्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी,कार्यपालिका सदस्यहरु,जनप्रतिनीधि,कर्मचारी,राजनैतिक दलका प्रतिनिधी,समाजसेवी,बुद्धिजीवी र पत्रकार सहभागि अन्तरकृया कार्यक्रमको संचालल गाउँपालिका प्रशासन शाखा प्रमुख बलराम पौडेलले गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्