गोरखापत्रकर्मी मियाँ सम्मानित
राम बहादुर बिश्वकर्मा
प्युठान,सहिद दिवसको अवसरमा गोरखापत्रकर्मी सलिम मियाँ सम्मानित हुनुभएको छ ।
पत्रकारिता क्षेत्रको माध्यमबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा नागरिकको सेवामा सक्रिय भूमिका निर्वाह गरेकामा नागरिक सरोकार समाज प्युठानले गोर्खा पत्रमा कार्यरत पत्रकार मियाँलाई सम्मान गरेको हो ।
तस्बिर :सम्मानपत्र ग्रहण गर्नुहुदै गोर्खापत्रकर्मी सलिम मिया
विगत लामो समयदेखि पत्रकारिता क्षेत्रबाट समाजमा पुर्याएको योगदानको कदर स्वरुप पत्रकार मियाँलाई सम्मान गरिएको संयोजक सुमन सुबेदिले जानकारी दिनुभयो।
शहिद स्मृती पार्क गॅाजुरी प्युठानमा आयोजित एक कार्यक्रमकाबीच सहिद स्मृती पार्क निर्माण समितीका अध्यक्ष ज्ञामुराम न्यौपानेले पत्रकार मियाँलाई कदरपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो।सम्मान पत्र प्रदान गर्दै न्यौपानेले सामाजिक रुपान्तरणलाई उपयुक्त दिशानिर्देश गरी समाजलाई प्रगतिशील बनाउन संचार जगत लगायत अन्य सबैको महत्वपुर्ण भुमिका हुने बताउनुभएको थियो।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय मियाले कामना डेलि अनलाइन आफै सन्चालनमा ल्याउनुभएको छ भने जिल्लाबाट मोफसलका कयौं मिडियामा आबद्ध हुँदै पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
दिवसको अवसरमा 'म' अभियानको आयोजनामा वाल बिशेष स्वास्थ्य परिक्षण भएको छ भने नागरिक सरोकार समाज प्युठानको आयोजनामा रक्तदान कार्यक्रम र साहित्य परिषद प्युठानको आयोजनामा प्युठान नगरपालिका - ४ निवासी सुमन सुवेदीद्धारा लिखित अगुल्टो कविता संग्रह विमोचन समेत गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्