स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा.लि प्यूठानद्वारा अब दुर्गम बस्ती अर्खादेखि काठमाडौ सम्म बस सेवा संचालन हुने

स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा.लि प्यूठानद्वारा अब दुर्गम बस्ती अर्खादेखि काठमाडौ सम्म बस सेवा संचालन हुने

सीता बि.क 
प्युठान,प्यूठानको गौमुखि गाउपालिकाको दुर्गम बस्ति अर्खा देखि काठमाडौं सम्म बस सेवा संचालन हुने भएको छ।यात्रुको समस्यालाई मध्यनजर गर्दै स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा लि प्यूठानले 
सेवा सन्चालन गर्न लागेको हो।प्रालिको कार्यालयमा बसेको बैठकले अर्खा देखि काठमाडौ सम्म रात्रि सेवा दिने गरि २६ सिट क्षमता भएको एसि डिलक्स बस सेवा सुचारु गर्ने निर्णय गरेको प्रा लि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार यात्रुको माग र आबश्यकतालाई मध्यनजर गर्दै अर्खा काठमाडौं बस सेवा सुचारुका लागि ४ ओटा बस संचालनमा ल्याउनु पर्ने निर्णय गर्दै ईच्छुक ब्यबसायिहरुका लागि माघ ८ गते बाट लागु हुने गरि १० दिने सुचना प्रकाशित गरिएको छ।


कार्यालय प्रमुख घनश्याम घर्तिलाई बिदाई

२१ बर्षको अवधीमा सफलतापूवर्क कार्य सम्पन्न गरि अबकास हुनुभएका कार्यालय प्रमुख घनश्याम घर्तिको बिदाई कार्यक्रम भव्यरुपमा गरिएको छ।
आफ्नो कार्यअवधीमा यात्रुहरूलाई मुस्कान सहित सेवा,सुचना प्रवाहमा तदारूकता,सबैप्रति समान व्यवहार र सम्मान गरेको भन्दै प्रा लि ले उहाँलाई सम्मान गर्दै बिदाई गरिएको हो।प्रशांसापत्र,कदरपत्र र दोसल्ला ओढाई सम्मान गर्दै प्रा.लिका संरक्षक सुनिल बस्नेतले जागिरको अबधिभर घर्तिले कुशलतापुर्बक पूरा गर्नुभएको जिम्मेवारीको प्रसंशा गर्दै अबको बाकी जीवन सुखद सुखद रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै कार्यालय सहायक प्रमुख बिकास सुवेदी कार्यालय प्रमुखमा र लेखापाल दिपेन्द्र श्रेष्ठ कार्यलय साहयक प्रमुखमा बढुवा गरिएको छ।
कार्यलय प्रमुखमा बढुवा भएका सुवेदी र कार्यालय सहायक प्रमुखमा बढुवा भएका श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरिएको प्रा लि ले जनाएको छ।