संघीय सांसद थापाको पहलमा प्युठानमा खानेपानी समस्या समाधान हुँदै,स्थानियमा छायो खुशीयाली

संघीय सांसद थापाको पहलमा प्युठानमा खानेपानी समस्या समाधान हुँदै,स्थानियमा छायो खुशीयाली

 सीता बि.क
प्युठान,खानेपानीको दीर्घकालीन समाधानका लागि भन्दै प्युठान नगरपालिकाका १० मध्ये ६ वटा वडाहरू(खैरा,क्वाडी-दाखाक्वाडी- विजयनगर- बिजुवार-पुण्यखोला-टिकुरी-बाग्दुला-गेजबाङ दम्तीसम्म)को खानेपानी समस्या समाधान गर्ने गरी गावैखोला/बल्ले खोलाबाट स्वच्छ खानेपानी आपूर्ति गर्ने प्रबन्ध मिलाउने आयोजना अघि बढ्ने सुनिश्चित भएको छ। 
संघिय सांसद सूर्य थापाको पहलमा नेपाल सरकार,संघीय खानेपानी मन्त्रालयबाट  बहुवर्षीय ठेक्का अन्तर्गत स्रोत सहमतिका लागि माग गरिएअनुसार बृहत बिजुवार खानेपानी आयोजना बिजुवार,प्युठानको उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय बैठकको निर्णयले बहुवर्षीय स्रोत सहमति प्रदान भई आ.ब २०८१/८२ मा २३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको हो। 
पछिल्लो समय जिल्लामा खानेपानीको चरम अभाव भएसँगै पटक पटक गुनासो आइरहेको थियो। तर, अब जिल्लामा दीर्घकालीन रुपमा समस्या समाधान हुने बताइएको छ।

जिल्लाबासीको अमूल्य मतको वारेसका रूपमा सिंहदरबारमा आएर विगत एक बर्षदेखि यहाँ र त्यहाँ दुबैतर्फ अनवरत रूपमा गरेको पहलबाट नगरपालिकाबासिको खानेपानी समस्या समाधान हुने सान्सद थापाले बताउनुभयो।
आफू नागरिकको सेवाका लागि सधैं तम्तयार रहेको र आफ्नो उद्देश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिनु रहेको बताउनुभएको छ। 

'बिशेषत प्युठानबासिको सेवामा खटिएको छु,देशको विकास र हरेक नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो,'उहाँले भन्नुभयो,'मैले जति सक्छु नागरिकको सेवाका कामहरू गर्दै आएको छु। नागरिकका हरेक समस्या समाधान गर्नु मेरो प्रमुख लक्ष्य हो। जो म अन्त्य गराएरै छाड्ने छु।'
सांसद थापाले आफू निर्वाचित भएपछि जिल्लाका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्थलगत रूपमा खानेपानीका समस्या,सडक,विद्युतका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरूमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नुपर्ने,पैदल हिड्नुपर्ने र अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी समेत गर्नुभयो।