उज्यालो सहकारी बन्यो मरन्ठानाका बाढिपिडितको सहारा

राम बहादुर बिश्वकर्मा
प्युठान,केही दिन अगाडि मात्र आएकाे बाढिले मरन्ठानाका नागरिकहरुकाे जिवन तहसनहस बनाएकाे छ ।
बाढिले केहि घरपरिवार घरबिहिन भएका छन भने कतिपय घरपरिवारलाई दुईछाक टार्न समेत समस्या रहेकाे छ ।बाढिपिडित तथा अतिबिपन्न परिवारलाई मध्य नजर गर्दै उज्यालो बचत तथा ऋण सहकारी सस्था लिमिटेड मरन्ठानाले आज राहत सहयाेग गरेकाे छ ।
उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई भएको क्षतिको आकलन गरि संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।सहकारीले प्युठान नगरपालिका वडा न ९ र वडा न १० का बाढीपिडित लाई २७ हजार ५ सय  बराबरकाे राहत वितरण गरेको हाे।भुसबाङ्ग र बुढादेबी गरि ८ घरधुरी लाई राहत बितरण गरिएकाे सस्थाका सचिब सिताराम घरिमगरले बताउनु भयाे।राहत ग्रहण गर्दै बाढिपिडितले उज्यालो सहकारी हामी पिडितकाे सहारा बनेकाे बताएका थिए।
राहत ग्रहण गर्नेमा गिता सुनार,पार्वती सुनार ,दान बहादुर जि सि,आत्माराम सुनार,लिल बहादुर नेपाली,राम बहादुर जि सि पार्बता सुनार र दिपक जि सि रहेका छन् ।प्रमुख अतिथी बिकास के सि ले  विपत्ति र संकटमा परेका नागरिकलाई  सहयोग गरेर नियमित जीवनमा ल्याउन सहकारीले खेलेको भूमिका श्रहानिय रहेको भन्दै धन्यवाद दिनुभयो।
विपद् जुनसकै बेला आउन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आबश्यक छ,उहाँले भन्नुभयो "-जनशक्ति स्रोत साधन भए विपदमा हुने जनधनको क्षती न्यूनिकरण गर्न सकिन्छ।" अहिलेलाई विपत न्युनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकाय सङ्ग समन्वय गरि  १ स्काभेटर लाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो ।
यसैबीच सस्थाका अध्यक्ष राधा जि सि ले सहकारीको काम बचत र लगानी मात्र गर्ने मात्र नभएको भन्दै विभिन्न तबर बाट पिडामा परेका गरिब ,निमुखा शोषित पीडितको क्षेत्रमा सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने उद्देश्यले सस्थाको निर्णय बाट राहत बितरण गरिएको बताउनु भयाे।
सहकारीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप पहिलो रहेको बताइएको छ।
सस्थाका अध्यक्ष राधा जि सि को अध्यक्षता, उपाध्यक्ष पुर्ण बहादुर भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा बचत तथा ऋण सहकारी जिल्ला संघका उपाध्यक्ष माया गिरी,सस्थाका सस्थापक अध्यक्ष दिन बहादुर भण्डारी,निबर्तमान अध्यक्ष बोम बहादुर भण्डारी,वडा सदस्य कृष्ण बहादुर जि सि, बाल बिध्या मा बि का प्रध्यानाध्यापक केशु गिरी लगायतको उपस्थिति रहेको थियो।