सामाजिक कार्यमा चर्चा कमाएका वडा अध्यक्ष पौडेलले गरे आमाको जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापनाको घोषणा

सामाजिक कार्यमा चर्चा कमाएका वडा अध्यक्ष पौडेलले गरे आमाको जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापनाको घोषणा

राम बहादुर बिश्वकर्मा
प्युठान,रात दिन नभनी समाज सेवामा दौडीरहने जनप्रतीनीधी हुन नोमराज पौडेल।मल्लरानी  गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष पौडेलले विविध समयमा विभिन्न लोकप्रीय कामहरु गर्दै आएका छन् । शनिवार आफ्नो आमाको जन्मदिको अवसरमा शैक्षिक क्षेत्रमा लगानी गरेका छन्।
अघिल्लो वर्ष आमाको जन्मदिनमा नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखामा "केशवराज बेला कुमारी अक्षयकोष" स्थापना गरिसकेका पौडेलले यसपालिको जन्मदिनमा आफ्नै वडाको शैक्षिक सस्था सरस्वती आधारभूत विधालय धरमपानीमा "केशवराज बेला कुमारी अक्षयकोष" स्थापना गर्ने घोषणा गरेका हुन। 
अक्षकोषका लागि उक्त बिध्यालयमा उनले पाउने एक महिनाको सेवा सुबिधा बाट २५ हजार खर्च गरेका हुन।आफ्नो जन्मदिनमा समेत पौडेलले प्रत्येक वर्ष सार्वजनिक क्षेत्र,गरिब बिपन्न विद्यार्थीलाई  केही आर्थिक सहयोग गर्ने गरेका छन्।
उनले वडा अध्यक्षको तलव कुनै न कुनै समयमा  समाजिक क्षेत्रमै खर्चने गरेका छन् । यस भन्दा पहिले पनि उनले लाखौंको रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन्।
आमाको खुशी र बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले "केशवराज बेला कुमारी अक्षयकोष" स्थापना गरेको वडा अध्यक्ष पौडेलले बताए।आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
सुरु देखि नै परिबारका कुनै पनि सदस्यको जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि शैक्षिक अक्षयकोष स्थापना गरिएको रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनको भनाई छ।
उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गर्ने बिध्यालयले जनाएको छ।