युवा ब्यबसायी खनालले गरे आफ्नो जन्मदिनमा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग 

युवा ब्यबसायी खनालले गरे आफ्नो जन्मदिनमा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग 

राम बहादुर बिश्वकर्मा
प्युठान,आफ्नो जन्मदिनको सुखद अवसरमा प्युठानका एक युवाले अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। एक सामाजिक संस्था लायन्स क्लब अफ प्युठानका सदस्य एबम युवा व्यावसायि सुर्यचन्द्र खनालले  प्युठान नगरपालिका ४ इन्द्रेडाडा स्थित जनसेवा प्रा बि मा अध्ययनरत ३ जना अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक सहयोग प्रदान गर्नुभएको हो।
विद्यालयमा रहेका अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक उपलब्ध गराएको खनालले बताउनुभयो। उहाँले भन्नुभयो,सधैजसो ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले अनाथ विद्यार्थीलाई पोसाक सहयोग गरेको हुँ ।साथै विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी खनालको भनाई छ।उहाँका अनुसार आरध्या के एम कक्षा १,सोनिया बराल कक्षा २ र सुनिता बराल कक्षा ५ रहेका छन।

तस्बिर:  बिध्यार्थिलाई शैक्षिक सामाग्री प्रदान गर्दै युवा ब्यबसायी सुर्यचन्द्र खनाल 


शैक्षिक सामाग्री तथा पोशाक किन्नसमेत गाह्रो पर्ने अभिभावक भएकाले सहयोग गरेकोमा खनाललाई जन्मदिनको शुभकामना तथा धन्यवाद दिँदै प्रधानाध्यापक सन्त कुवरले यस्ता अवसरमा अन्य व्यक्तिले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै जन्मदिनको सुखद अवसर पारेर खनालले असारे चौर देखि सेकेन्ड स्टेसन सम्मको पदमार्ग सरसफाइ  कार्यक्रम समेत गरिएको लायन्स क्लब अफ प्युठानका झवेन्द्र शर्माले जानकारी दिनुभयो।
प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थायी घर भई बिजुवारमामा हार्डवयर तथा फर्निचर उद्योग ब्यबसाय गरिरहेका युवा तथा समाजसेवी खनालले   समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनुभएको छ।