राम बहादुर बिश्वकर्मा
प्युठान, प्युठानमा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय प्युठानले फागुन १३ देखि १८ गतेसम्म ९ महिनादेखी ५ बर्ष मुनिका बालबालिका लाई खोप अभियान सन्चालन गर्न लागेको हो।
बुधबार स्वास्थ्य कार्यालय प्यूठानको सभाहलमा जिल्लाका सञ्चारकर्मी,स्वास्थ्यकर्मी,विभिन्न बुद्धिजिवी लगायतको उपस्थिति रहेको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ।
जस अनुसार जिल्ला भरी २ सय ७३ खोप केन्द्र स्थापना गरि हजार १ सय ६८ जना स्वास्थ्यकर्मी र ४ सय हजार ४ सय ४६ जना स्वयंसेवक तथा महिला स्वयंसेवक खटाइने छ भने खोपबाट हुने सामान्य तथा गम्भीर असरलाई रोक्न जिल्लामा ९ वटै स्थानीय तहका स्वास्थ्य शाखाका २१ जना तथा ६४ वटै वडाका स्वास्थ्य सस्था प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहनेछन् ।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्य, खोप कार्यक्रमका चुनौती,दादुरा-रुवेला खोप अभियानको लक्ष्य,अभियानमा दिईने खोपहरुको बारेमा जानकारी,खोप सेवा सञ्चालन हुने स्थान,दादुरा रोगका लक्षणहरु लगायतका बारेमा जानकारी गराइएको थियो।
खोप अभियानका संरक्षक तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरिक्षक कोशलराज बैद्यले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्