राम बहादुर बिश्वकर्मा
प्युठान,कार्यालय प्रमुखहरुमा कार्यालय सञ्चालन गर्ने शैली फरक–फरक हुने गर्दछ।उनीहरुको स्वभाव,चालचलन र कार्यशैली पनि फरक–फरक हुने गर्दछ।स्वार्थरहित त्यागी मानिस समाज तथा राष्ट्रको लागि महान कहलिन्छन् । कामलाई नै प्रमुख प्राथमिकता दिएका व्यक्तिहरू पनि हाम्रो समाजमा प्रशस्तै छन्।
जो व्यक्ति निस्वार्थ भावनाले आफ्नो कामलाई गति दिएको हुन्छ त्यो व्यक्ति सबैको प्रिय बन्दछ भने जसको काममा स्वार्थ लुकेको हुन्छ त्यो व्यक्तिका पछाडि कुरा काट्नेहरू धेरै हुन्छन् ।स्वार्थी भावनाका व्यक्तिहरूले दृश्य वा अदृश्यरूपमा समाजमा नकारात्मक प्रभाव पारेका हुन्छन् ।
तर सबैको प्रिय बनेर अनुशासित चिन्तन अंगाल्ने मध्येका एक हुन् प्युठान जिल्ला सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठक।उनी आफ्नो कार्यसम्पादनलाई उत्कृष्ट बनाउन तल्लिन रहेका छन् ।हरेक काम सुशासनमैत्री तवरबाट अगाडि बढाउने कर्मचारीको रुपमा चिनिएका छन् ।
सबैको मन जित्न सफल उदाहरणीय प्रशासकीय अधिकृत पाठक भन्छन् : पुरस्कारले कर्मचारीको मनोबल बढ्छ
२०३९ सालमा हालको मालिका गाउँपालिका गुल्मीमा जन्मिएका पाठकले २०६१ सालबाट निजामति सेवामा प्रवेश गरेका हुन् ।
दक्षिण कोरिया बाट सार्वजनिक ब्यबस्थापन बिषयमा स्नातककोत्तर,नेपालबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका पाठकले एलएलबी समेत अध्ययन गरिरहेका छन् ।
करिब १२ बर्ष विभिन्न मन्त्रालयमा जिम्मेवारी बहन गरेका पाठक संघीयता कार्यन्वयनमा आएसँगै सरुमारानि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका उनले १७ महिनामै स्थानीयहरूको मन जित्न सफल भएका छन्।नयाँ जनप्रतिनिधी र नयाँ व्यवस्थामा कार्यसम्पादनमा देखिने चुनौतीहरूका बाबजुत पनि विवादरहित तरिकाले गाउँपालिकाको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका उनले अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको बताए ।
गाउँपालिकाको विकासका लागि सहकार्य र समन्वयलाई बढी प्राथमिकता दिने पाठकमा अपवादबाहेक सबै कुराहरूलाई सहजै समाधान गर्नसक्ने क्षमता छ ।चाहे कानुनी व्यवस्था माथि चर्चा गरेर हुन्छ चाहे अन्य कुरा प्रभावकारी योजना ल्याएर हुन्छ, सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई एकमत गराएर विकास निर्माणका कार्यहरू सञ्चालन गर्नसक्ने उनीमा एउटा उदाहरणीय क्षमता छ ।जसले गर्दा उनी गाउँपालिकाबासीहरूको मन मष्तिस्कमा बस्न सफल भएका छन् ।
अनियमिततासम्बन्धी उठ्नसक्ने आवाजहरूलाई मध्यनजर गर्दै र खर्चलाई पारदर्शी रूपमा देखाउन गाउँपालिकाको सबै खर्च,राजस्व तथा आयव्यय विवरण अनलाइन सिस्टममा राख्ने गरेको बताउँदै
नीति नियम र कानूनको परिधिभित्र रही जनताको माझमा गरिने कामहरू बढी पारदर्शी र निष्पक्ष हुने धारणा राख्ने पाठकको कार्यशैली पनि सोही प्रकृतिकै छ ।गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आएसँगै शिक्षा,स्वास्थ्य, कृषि,पूर्वाधार विकास,सामाजिक विकास,आर्थिक विकासलगायत चौतर्फी क्षेत्रका योजनाहरूलाई समावेश गरेर प्राथमिकताका आधारमा योजनाहरू कार्यन्वयनमा ल्याउन चाहना राख्ने पाठकले गत आर्थिक वर्षको कार्यसम्पादनले विकास निर्माणमा गाउँपालिकामा जग बसिसकेको बताउँछन् ।
‘म हरेक काम कानुन र नियमअनुसार जनप्रतिनिधिसँगको समन्यवमा मात्रै गर्छु,’उनले थपे,नागरिकमैत्री,विधिको शासनमैत्री र विकासमैत्री जनप्रतिनिधि भएको पालिकामा कर्मचारीलाई काम गर्न सहज हुने उनको विश्वास छ ।
जनप्रतिनिधिले पनि कर्मचारीलाई विश्वास गरेर कानुनी मान्यता अनुसार काम गर्नुपर्ने उनको धारणा छ।सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले उनलाई परिवर्तन चाहने प्रशासकीय अधिकृतको रूपमा लिन्छन्। बिश्वकर्मा पाठक सँग १७ महिना काम गर्ने अवसर जुरेको बताए।
‘उहाँसँग मैले करिब १७ महिना काम गरेँ ।तर, उहाँमा अरू कर्मचारीको तुलनामा फरक कार्यशैली पाएँ,’ उनले भने, ‘अधिकांश कर्मचारीसँग कर्मचारीतन्त्रको अहमता पाएँ । तर, उहाँसँग त्यस्तो छैन।’
पाठकलाइ विधिको शासनको परिधिमा रहेर काम गर्ने कर्मचारीको रूपमा लिन्छन् ।‘कानुनविपरीत रहेर काम गर्न मान्नु हुन्नँ । नीति नियमलाई टेकेर मात्रै काम गर्नुुहुन्छ,’ उनले भने,‘उहाँ आफ्नो अडानमा बसेर काम गर्नुहुन्छ।’‘हामी परिवर्तन चाहने जनप्रतिनिधि हौँ।तर उहाँ नियममा बसेर काम गर्नुहुन्छ,’ उनले भने, ‘नहुने कुरामा जनप्रतिनिधिलाई बुझाउनु हुन्छ।सम्झाउनुहुन्छ । तर कानुनमा बसेर मात्रै काम गर्नुहुन्छ।’
गत बर्ष पुजीगत खर्च ६९.८३ प्रतिशत र चालुगत ८३.३२ प्रतिशत बजेट खर्च भएको र आर्थिक बर्ष ०८०/०८१ को खर्च आम्दानी सार्बजनिक गर्ने जिल्लाकै पहिलो स्थानीय तह सरुमारानी गाउँपालिका रहेको समेत प्रसासकिय अधिकृत पाठकको दावी छ।
पाठकले यसअघि जिल्ला निर्वाचन कार्यालय प्युठानमा कार्यालय प्रमुखका रुपमा काम गरेका थिए।
सरुमारानी गाउँपालिकामा उत्कृष्ट ४ कर्मचारी पुरस्कृत
सरुमारानी गाउँपालिकाले एक कार्यक्रम बिच ४ जना उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ। गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ समाप्त पश्चात आफ्नो गाउँपालिका मातहतमा रहेका बिभिन्न कार्यलयहरुमा कार्यरत कर्मचारीहरुलाइ पुरस्कृत गरेको हो ।
गाउँपालिकाले मङ्गलवार कार्यक्रमको आयोजना गरेर उत्कृष्ठ काम गर्ने ४ जना कर्मचारीहरुलाई नगद ३ हजार,प्रसंसा पत्र सहित सम्मान गरेको हो।आर्थिक बर्ष २०८०/०८१ बैशाख,जेष्ठ र असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारी लाई पालिकाले सम्मान गरेको हो।सम्मानित हुने कर्मचारीहरुमा गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत रोजगार संयोजक श्री तेजेन्द्र भण्डारी,वडा नं १ मा कार्यरत सहायक कम्प्यूटर अपरेटर जनक थापा मगर, सरुमारानी गाउँपालिका गाउँकार्यपालिका अन्तर्गत रहेको हंसपुर स्वास्थ्य चौकीमा कार्यारत अ.हे.व. सिता पाण्डे र वडा नं ६ मा कार्यरत कार्यालय सहयोगी तुल बहादुर उलुङ्गे रहनुभएको छ।
साथै गाउँपालिकाको महिला शाखामा नयाँ नियुक्ति लिई आउनु भएका स.म.वि.नी अन्जु भाट र स्वास्थ्य शाखामा नयाँ नियुक्ति लिई आउनु भएका प.हे.न. सृजना नेपालीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले उत्कृष्ट कर्मचारी मुल्यांकन सुचकको आधारमा आधारमा उत्कृष्ट कर्मचारी छनोट गरेर नगदसहित सम्मानित गरिएको बताउनुभयो।
यसले आगामी दिनहरुमा कर्मचारीहरुलाई काम गर्न प्रेरित गर्ने र उहाँहरुको मनोबल समेत बढ्ने बताउनुभयो।
सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जनताको सेवाका लागि जनप्रतिनिधिको भन्दा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीहरुलाई इमानदारिताका साथ काम गर्न समेत आग्रह गनुभयो। अध्यक्ष बिश्वकर्माले भन्नुभयो,‘जनताको सेवाका लागि कर्मचारीको महत्वपूर्ण हात हुने गर्दछ।त्यसैले कर्मचारीहरुले आफ्नो जिम्मेवारी भुल्नु हुदैन।’
समयमै विकास निर्माणका कामहरु सम्पन्न गर्नदेखि जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले उच्च मनोवलका साथ कर्मचारीलाई जनताको सेवामा लाग्न अध्यक्ष बिश्वकर्माको आग्रह छ।
सम्मानित हुने कर्मचारीहरुमा गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत रोजगार संयोजक श्री तेजेन्द्र भण्डारी,वडा नं १ मा कार्यरत सहायक कम्प्यूटर अपरेटर जनक थापा मगर, सरुमारानी गाउँपालिका गाउँकार्यपालिका अन्तर्गत रहेको हंसपुर स्वास्थ्य चौकीमा कार्यारत अ.हे.व. सिता पाण्डे र वडा नं ६ मा कार्यरत कार्यालय सहयोगी तुल बहादुर उलुङ्गे रहनुभएको छ।
साथै गाउँपालिकाको महिला शाखामा नयाँ नियुक्ति लिई आउनु भएका स.म.वि.नी अन्जु भाट र स्वास्थ्य शाखामा नयाँ नियुक्ति लिई आउनु भएका प.हे.न. सृजना नेपालीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो।



प्रतिक्रिया राख्नुहोस्